रोचक

वाईफाईले पत्ता लगाउने भयाे बम

एजेन्सी २०७५ भदौ १ गते ९:०३ मा प्रकाशित

वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ भए नभएका पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्।

ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित गर्न सकिनेछ ।

रट्गर्ज विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले वायरेस अर्थात् विनातार प्रसार हुने संकेतले झोलाभित्र रहेका वस्तुबारे जानकारी दिनसक्ने बताइएको छ । ।

त्यसबाट खतरनाक धातु तथा तरल पदार्थ वा विस्फोटक रसायनको परिमाणबारे जानकारी पाउन सकिन्छ।

अनुसन्धानकर्ताहरूले एन्टिनासहितको वाईफाई उपकरणको प्रयोग गर्दा ९० प्रतिशतसम्म त्यस्ता जानकारी सही रूपमा पाएका थिए।

उनीहरूका अनुसार यो प्रविधिको प्रयोग गर्दा सुरक्षा जाँचमा लाग्ने खर्च कम हुने र व्यक्तिगत निजत्वको न्यूनतम उल्लंघन हुने गरी काम गर्न सकिन्छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय