अन्तर्वार्ता

बंगलादेशका दुई जिल्ला पनि नेपालकै भूमि हो

फणिन्द्र नेपाल, अध्यक्ष, ग्रेटर नेपाल २०७५ भदौ ८ गते १०:०३ मा प्रकाशित

नेपाल र भारतका बीचमा भएको सुगौलीसन्धिका कारण नेपालले गुमाएको पूर्वमा टिष्टादेखि पश्चिममा सतजलसम्मका भूभाग पुनः नेपालले फिर्ता पाउनुपर्ने माग राख्दै आएको छ ‘ग्रेटर नेपाल’ नामक संस्था । दबाब स्वरूप वेलावेला भारतीय दूतावास घेर्ने पनि गर्छ । उनीहरूको आवाज न सकारले सुनेको छ न सम्बन्धित देशले । सुगौली सन्धी पूर्वका नक्सा बोकेर नेपालका जिल्ला जिल्ला मात्र होइन अर्को छिमेकी देश चीनको शरणमा पनि पुग्छन् कहिलेकाहीँ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल । यसै सेरोफेरोमा रहेर सौर्य दैनिकका लागि चमिना भट्टराईले नेपालसँग गरेको कुराकानीको संवादित अंश : 

ग्रेटल नेपाल सुस्ताए जस्तो छ नि के गर्दै छ ?
ग्रेटर नेपालको अभियान निरन्तर जारी छ । अरूलाई हामी सुस्ताएजस्तो लाग्ला तर, होइन यसलाई खास उचाइमा पु¥याइसकेका छौँ । अगस्ट १५, जनवरी २६, डिसेम्बर २ र मार्च ४ का दिन सुगौली सन्धीमा नेपालले जमिन गुमाएको घटना क्रमलाई देखाउने मितिहरूमा भारतीय दुतावासअघि विरोध प्रदर्शन गर्छाैं । यो क्रम १५ वर्षदेखि जारी छ ।

अहिले हाम्रो ध्यान भारतीय दूतावासमा गएर धर्ना दिनेभन्दा पनि हाम्रो संस्थालाई विस्तार गरी संगठित रूपमा लाग्ने वातावरण बनाउनेतर्पm केन्द्रित छ । हाम्रो संस्थामा संगठितभन्दा इस्युमा आकर्षित भएर आउनेको संख्या बढी छ । उनीहरू सधैँ संस्थामा रहिरहँदैनन् । पछिल्लो समय नेपाले गुमाएको जमिन सम्मानपूर्वक फिर्ता पाउनुपर्छ भन्ने हामी मात्रै हौँ ।

तपाईंहरूले यो अभियान सुरु गरेको कति भयो ?
संगठित रूपमा लागेको १५ वर्ष भयो । मैले व्यक्तिगत रूपमा अध्ययन गरेरको २२ वर्ष भयो । विनासंगठनले केही नहुने रहेछ भन्ने अनुभव गरेँ । र, त्यसैको तयारीमा जुटेका छौँ । हाम्रो प्रयास यहाँको सरकाले भारतसँग कुरा गर्ने र गुमेको जमिन फिर्ता गराउन दबाब दिओस् भन्ने हो । यसमा सरकारले चासो देखाउनुपर्छ । यो वर्षमा हामीले त्यसका लागि धेरै प्रयास गर्यौ।

यो १५ वर्षमा कामको सकारात्मक प्रभाव त केही देखिएन नि ?
देखिने प्रभाव त केही भएको छैन । तर, हाम्रो प्रचारले धेरै मान्छे ग्रेटर नेपालको अभियान ठीक हो भन्न बाध्य भएका छन् । प्रयास ग¥यो भने नहुने केही छैन । हामीले नेपालको इतिहासका बारेमा धेरैलाई बुझाउन सफल भएका छौँ । गौण भएका विषय उठेको छ । नेपालको इतिहासका बारेमा जानकारी गराएका छौँ । नेपालले प्रयास गरे होला भन्नेसम्म भएको छ ।

हाम्रो प्रभाव भएकै कारण हो । ०६३ मा भारतको रक्षा मन्त्रालयको रिपोर्ट बाहिर आएको थियो । त्यसमा उल्लेख थियो नेपालमा उसको चुनौती पहिलो माओवादी आन्दोलन दोस्रो ग्रेटर नेपाल भनेर ।

यस्तै ०७४ मा दिल्लीबाट प्रकाशित एक अनलाइनमा एक जना लेखकले नेपालमा भारतका दुई चुनौती उल्लेख गरिएको थियो त्यसमा एक केपी शर्मा ओली दोस्रो ग्रेटर नेपाल उल्लेख गरेका थिए । भारतका निम्ति ग्रेटर नेपाल चुनौती बनेको छ । हाम्रो अभियान भारतका लागि टाउको दुखाइको विषय बनेको छ । प्रभाव भनेको यो पनि हो ।

नेपाल सरकारलाई चाहिँ चिन्ताको विषय बनेको छ कि छैन ?
नेपाल सरकार चाहन्छ ग्रेटर नेपालले यो विषय नउठाओस् । ऊ भारतसँग नेपालले गुमाएको भूमिको बारेमा कुरागर्न नपरे हुन्थ्यो भन्ने चाहन्छ । यो उसका लागि पनि चिन्ताको विषय बनेको छ ।

के नेपाल सरकार विगतका सन्धी सम्झौता पुनरावलोकन होस् भन्ने चाहँदैन ?
नेपाल सरकारले चाहेको जस्तो व्यवहार अहिलेसम्म देखाएको छैन । चाहेको भए त्यो प्रकारको व्यवहार देखाउनुप¥यो नि त । १९५० को सन्धि पुनरावलोकन गर्न बनेको नेपाल–भारत प्रभुत्व समूहले तयार पारेको प्रतिवेदन पहिला भारत सरकारलाई बुझाएर पछि नेपाल सरकारलाई बुझाउने कुरा भएको छ । समान मुलुक भएका हिसाबले दुवै मुलुकमा एकै दिन किन बुझाउन सकिँदैन ? यसमा पनि उसैलाई किन अगाडि बुझाउने ?

यो अवधिका सरकारका धेरै नेतृत्व फेरिए । तपाईंले सरकारलाई घच्घच्याउनुभयो होला यसमा कसैले चासो लिएनन् ?
अहँ कसैले पनि चासो लिनु भएन । हामीले भन्न कसैलाई बाँकी राखेनौँ तर, हाम्रो कुराको सुनवाई कतै पनि भएन ? बितेका कुरा उठाएर केही हुँदैन यसको अर्थ छैनजस्ता जवाफ पाइन्थ्यो । पुष्पकमल दाहालले सैद्धान्तिक रूपमा तपाईंहरूले उठाएको कुरा ठीक छ । तर, म व्यावहारिक रूपमा तपाईंहरूलाई साथ दिन सक्दिनँ भने । तपार्इंलाई यो विषय उठाउन जति सजिलो छ त्यति मलाई गाह्रो हुन्छ भने उनले । ग्रेटर नेपाल माग गर्न आफूले नसक्ने उनले बताए ।

यो बीचमा भारतको भ्रमण गर्नुभएको छ कि छैन ?
नेपालले विभिन्न कालखण्डमा गुमाएका भूमिको भ्रमण गरेको छु । तर, हिजोदेखि भारतकै रहेको भूमिको भ्रमण गरेको छैन । दार्जिलिङ, सिक्कम, काँकडालगायत स्थानमा गएँ । दिल्ली, कोलकाताको भ्रमण गरिनँ । सिक्किम, दार्जिलिङलगायत नेपालले गुमाएको भूमिलाई म नेपालको अंग ठान्छु, त्यहाँ गएको छु । तर, लामोसमय भयो गएको छैन । म सहजरूपमा ती स्थानमा पनि जाँदिनँ उनीहरू मलाई पक्राउ गर्न चाहन्छन् । यदि पक्राउ परँे भने नेपाल सरकारले छुटाउन चाहँदैन । भारतले मलाई पक्राउ ग¥यो भने नेपाल सरकारले ठान्नेछ, हाम्रो लागि घाँडो थियो ठीकै भयो । उसले मेरो पक्षमा केही पनि गर्दैन । त्यसैले म सकेसम्म पक्राउ पर्न चाहन्नँ । भारत मेरो सुसुराली हो त्यहाँ नगएको पनि धेरै भयो ।

राज्य तपार्इंको पक्षमा छैन, दबाब दिने आवश्यक बलियो संगठन तपाईंसँग छैन यस्तो अवस्थामा तपाईंको आन्दोलनले पार लगाउन सक्ला ?
यो प्रश्न धेरैले सोध्छन् । प्रश्नकर्तालाई मैले यसको जवाफमा भन्ने गरेको छु । पाँच वर्षमा पूरा हुन्छ । यो भनेको एक वर्ष बितिसक्यो अब चार वर्ष बाँकी छ । म विश्वस्त छु हाम्रो माग पूरा हुनेछ । हामीले यो कुरा प्रचारका लागि उठाएको होइन । यदि मैले गलत कुरा गरेको भए नेपाल सरकारले मलाई पक्राउ गरेर जेल हाल्ने थियो ।

मैले जे गरेको छु कानुनी कुरा हो । एउटा उदाहरण भनौँ, २००५ को अप्रिलमा भारतीय दूतावासले नेपालको पराराष्ट्र मन्त्रालयमा एउटा पत्र पठाइएको थियो । त्यो पत्रमा ग्रेटर नेपालले हाम्रो काँगडा नेपालको हो भनेर नेपाल–भारतको सम्बन्ध धमिल्याउने काम गरेको छ । यसलाई नियन्त्रण गरी नेपाल–भारतको सम्बन्ध उच्च छ भन्ने देखाउनुहोला भनेको थियो ।

त्यतिवेला त्यो समाचारको विषय बनेको थियो । मैले जे गरेँ त्यसले नेपालीका बीचमा प्रचार गरियो । जब भारतलाई मेरो कुराले ठाउको दुखाइ बनेपछि म झन् उत्साही बनेँ कुरो ठूलै उठाएको रहेछु भन्ने लाग्यो । अब हामी संगठन बनाउन लागेका छौँ । ७७ वटै जिल्लामा ग्रेटर नेपालको झण्डा पुर्याउने र प्रचार गर्ने काममा लागेका छौँ ।

अभियान थाल्दा सुरुमा कति थिए तपाईंसँग ?
–सुरुमा सानो र छरितो कमिटी बनाएका थियौँ । ती मध्ये कति विदेश जानुभयो कति निरन्तर छौँ । कति जना मान्छे पहरासँग कुहिनो ठोक्नु हुँदैन भन्दै अलग हुनुभयो । तर, मैले पहरा र कुहिनो एकै ठानिनँ । कुहिनो चेतना भएको प्रणीसँग हुन्छ पहरासँग चेतना हँुदैन । हामी चेतना भएका मान्छे निर्जीवसँग लड्दै छाँै । त्यो पनि जायज कुरामा किन डराउनु भनेर पछि हटिएन ।

ग्रेटर नेपाल भारतका विरुद्ध चीनले प्रयोग गरेको संस्था हो भनेर पनि आरोप लाग्ने गरेको छ यथार्थ के हो ?
देखिने कुरा ढाट्न मिल्दैन । म जतिपटक चीन गएको छु हरेकपटक ग्रेटर नेपालका विषयमा चीनका उच्चस्तरीय व्यक्तिसँग भेट भएर कुरा भएको छ । उनीहरूसँगको भेटमा भन्ने गरेको छु । तपाईंहरूले हङकङ फिर्ता लिएजस्तै हामी पनि दार्जिलिङ, सिक्कमलगायत गुमेका भूमि फिर्ता चाहान्छौँ । शक्तिशाली र छिमेकी देश भएका कारण तपाईंहरूले हाम्रो आवाजमा सहयोग गर्नुप¥यो भन्ने गरेको हुँ । यसमा उनीहरूको भनाइ छ । यसमा सबै कुरामा चीनको साथ छैन ।

म चीन गएका कारण शंका गर्नु भएन । चाइनाले म जस्तो सामान्य व्यक्तिलाई कुनै आश्वासन दिँदैन र पछि पनि लाग्दैन । उसका लागि म केही पनि होइन । तर, कतिका लागि म अहिले ‘पेपर टाइगर बनेको छु’ हेर्दा बाघजस्तो देखिने तर बाघ होइन । हेर्दा मान्छे झस्किने । यस्तै भएको छु म ।

यसको मतलव तपाईंलाई चाइनाले महत्व दिएको छैन भन्ने हो ?
होइन इस्युमा त मैले महत्व पाएको छु । एकपटकको मेरो चीन भ्रमणमा मैले कल्पना नै नगरेको कुरा भयो । म र अर्का साथी हामी माओत्सेतुङको सालिक भएको स्थानमा पुगेका थियौँ । त्यहाँ गएर हामीले सालिकमा माल्यार्पण गर्न खोज्यौँ । हामी सामान्य पर्यटकका रूपमा गएका थियौँ । तर, हामीलाई रोकियो ।

भित्र तयारी हुँदै छ पख्नुस् भन्ने खबर आयो । के तयारी हामीलाई थाहा थिएन । पछि भित्र लगियो तर हामीलाई सैनिक सम्मान दिइयो त्यहि सम्मानका साथ माओको सालिकमा माल्यार्पण गर्यौ । त्यो भिडियो देखाउँदा धेरैले भने यस्तो सम्मान जो कोहीले पाउँदैन । नेपालका कमै व्यक्तिले त्यस्तो सम्मान पाएका होलान् ।

तपाईंको अभियानमा उनीहरू के भन्छन् ?
मैले चीनको भ्रमणमा उनीहरूलाई भन्ने गरेको छु । तपाईंहरूले हङकङ गुमाएजस्तै हामीले सुगौली सन्धीमार्फत् दार्जिलिङ सिक्कम लगायतका धेरै भूभाग गुमाएका छौँ । हामी पनि ती भूभाग फिर्ता पाउन चाहान्छौँ ।

उनीहरूले भने, भौगोलिक रूपमा पनि हङकङ हाम्रो नजिक छ । बेलायतलाई हङकङ निकै टाडा पर्छ । तर, दार्जिलिङ सिक्कमको अवस्था फरक छ । दार्जिलिङ नेपालको नजिक भएर पनि भारतसँग पनि जोडिएको छ । तैपनि, तपाईंको इस्यु सैद्धान्तिक रूपमा गलत छैन । उठाउनुपर्छ यसले दक्षिण एसियाको राजनीतिमा पनि फेर बदल ल्याउन सक्छ । भोलि नेपाल–भारतको सिमानाको पुनर्लेखन भएमा नेपाल शाक्तिशाली हुन सक्छ भन्छन् ।

यस्तै मैले चीनमा नेपालका बारेमा अर्को कुरा पनि थाहा पाएँ । एक जना चिनियाँ प्रोफेसरलाई ग्रेटर नेपालको नक्सा दिएको थिएँ, उनले भने, मैले यो कुरा बंगलादेशमा थाहा पाएको थिएँ । उनले भने, बंगलादेशको रंगपुर र विनासपुर जिल्ला पनि नेपालको रहेछ । नेपालको सेन राज्य त्यहाँसम्म पैmलिएको उनैले बताए । सेन राज्य एकीकरण गर्दा त्यो भाग पनि नेपालमै गाभिएको थियो ।

धेरै नेपालीलाई यसबारेमा जानकारी छैन । हामी यसलाई पनि जनताका बीचमा लैजान्छौँ । अब ग्रेटर नेपालको नक्सा बनाउँदा त्यसलाई पनि नेपालको क्षेत्रमा रहेको भनेर समावेश गर्नेछौँ । नेपाल सरकारले बुद्धि पु¥याएर कुरा गर्ने हो भने बंगलादेशमा रहेको हाम्रो भूभाग पनि फिर्ता गर्न सकिएला । त्यसका लागि सरकारले पहल गर्नुपर्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय