रंग‍-विविध

व्याकरणको गीत रिलिज

सौर्य अनलाइन २०७५ भदौ २० गते ९:२३ मा प्रकाशित

काठमाडौं । तिज नजिकिँदै गर्दा यससँग जोडेर आउने गीतमा समेत नयाँ नयाँ तरिका अपनाउन थालिएको छ । पछिल्लो समय नेपाली व्याकरणसँग सम्बन्धित तिज युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

काठमाडौंको शंखमूलस्थित अवेरर्नेस इन्टरनेसनल एकेडेमी (एआइए) स्कुलका नेपाली शिक्षक विमल घिमिरेले ह्रस्व, दीर्घका नियम सिकाउन बनाएको गीतलाई शारदा पराजुलीले गाएकी हुन् ।

गीतमा सजिलो गरी ह्रस्व र दीर्घलाई सिकाइएको छ । भिडियोको छायांकन एआइए स्कुलमै गरिएको र सोही स्कुलका विद्यार्थीले अभिनयसमेत गरेका छन् । ह्रस्व दीर्घ सिक्नेलाई सजिलो पार्ने गरी गीतको लय र स्वर मिलाइएको गीत रमाइलो पाराको छ । पछिल्लो समय तिजका नाममा अनेक खालका गीत बजारमा आइरहेका वेला यसले नेपाली व्याकरणमा ह्रस्व दीर्घलाई गीतलाई नृत्यबाट पनि सजिलै बुझ्न सघाउने गीतकार घिमिरेले बताए ।

उनका अनुसार गीतमा व्याकरणका ह्रस्व तथा दीर्घका नियमलाई कलात्मक रूपबाट सिकाइएको छ । स्कुलले आयोजना गरेको तीज विशेष कार्यक्रममा विद्यार्थीले उक्त गीत प्रस्तुत गरेका थिए ।

नेपाली नारीले विशेष पर्वका रूपमा हरेक वर्ष तिजलाई रमाइलो गरी मनाउन समाजमा घटेका घटना, राजनीति, सामाजिक विषयमा गीत निकालिने प्रचलन बढिरहेको छ । तर, नेपाली व्याकरणलाई सिकाउने उद्देश्य राखेर निकालिएको उक्त गीत छोटो समयमै निकै लोकप्रिय बन्न पुगेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय