मत-विमत

३ सयको नौटंकी

चमिना भट्टराई २०७५ भदौ २१ गते ९:५६ मा प्रकाशित

पत्याउन गाह्रो हुन्छ, सुन्दा अचम्म लाग्न सक्छ । एउटै मान्छेले एकै दिन दुईपटक बिहे गरे भन्दा । बिहान सञ्चार माध्यमका लागि बिहे र साँझ परिवारका लागि पूरै धार्मिक संस्कार अनुसार मण्डपमा बसेर पण्डितको आदेशअनुसार बिहे ।

चर्चा कमाउनका लागि गरिएको यस्तो झुटले आफैँलाई कहाँ पु¥याउँछ भन्नेचाहिँ कमैलाई थाहा होला । प्रतिष्ठित व्यक्ति बोलाई अनुकरणीय बिहे गरेँ भन्दै फोटो खिचाएर समाचार लेखाउने उत्तम सञ्जेल र कला अधिकारीको पर्दाफासले उनीहरूलाई कहाँ पुर्यायो ?

चर्चामा पाउनका लागि मान्छेले केसम्म गर्छ भन्ने विषय हो यो । केही वर्ष पहिला अनुजा बाँनियाले नेपालको सञ्चार माध्यमा यस्तै चर्चा कमाइन् । उनको चर्चा त केही दिन टिकेको थियो । तर, समय बित्दै जाँदा उनको झुटले उनलाई साथ दिएन । यस्तै, केही वर्ष पहिला एक नेपालीले नेपालको सञ्चार माध्ययमालाई धनाढ्य बनेर झुक्याए ।

उनलाई ‘सम्भवतः नेपालकै धनी व्यक्ति’ भन्दै नाम चलेको दैनिक पत्रिकामा समाचारसमेत आयो । त्यही समाचारको कारण सम्पादकले राजिनामा दिए । यस्ता धेरै घटना छन् जस्ले आफू चर्चित बन्न सञ्चार माध्यमलाई गलत रूपमा प्रयोग गरे ।

गएको सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको रौनक थियो । धेरै सञ्चारमाध्यम गौराको समाचार संकलनमा व्यस्त थिए । त्यहि दिन बिहान राजधानीकै गुह्येश्वरी मन्दिरमा बिहे बन्धनमा बाँधिएका थिए एक जोडी । उद्योगपति, कलाकार, सामाजिक अभियन्ता र केही पत्रकारलाई साक्षी राखेर उनले गरेको बिहे केही घण्टा सञ्चार माध्ययममा निकै छायो ।

विवाहित जोडीलाई धेरैले प्रशंसा गरे । तर, उनको प्रशंसा १२ तीन घण्टा पनि टिकेन । आदर्श रूपमा बिहे गरेका भनिएका जोडीले सञ्चार माध्यममा छाउन गरेको झुटको पर्दाफास बिहेमा सहभागी हुनेले पनि पछुताउन पर्नेगरी भयो ।

समाजको आँखामा छारो हालेर सामाजिक अभियन्तालाई बेवकुफ बनाउने प्रयासमा गरेका थिए समता स्कुलमा सय रुपैयाँमै गरिब बालबालिकालाई पढाउँदै आएका भनिएका उत्तम सञ्जेल र सुन्दरीजलकी कला अधिकारीको जोडीले । उनका बिहेका समाचार दैनिक पत्रिका र अनलाइनका मुख्य समाचार बने । आदर्श बिहेमा सहभागी हुन पाएकामा दंग देखिन्थे सामाजिक अभियन्ता र उद्योगपति । तर, त्यो झुट कतिवेला पर्दाफास हुन्छ भन्ने सायद उनीहरूलाई पनि थाहा थिएन ।

बिना मण्डप, पण्डितको आदेशबिना तीन सय रुपैयाँमा उनीहरूको बिहे भएको निकै प्रचार भयो । फेसबुक प्रयोगकर्ताले पनि उनीहरूको खुलेर प्रसंशा गरे । स्वभाविक रूपमा हिजोआज सामान्य खाजा खाँदा पनि ३–४ सय खर्च हुन्छ । तर, बिहेजस्तो कुरामा गहना, भोज भतेर, बाजा, महँगा कपडा केही नहुनु सामान्य होइन । यसलाई सकारात्मक रूपमा लिनुपर्ने नै हो ।

तर, एकै जनाले एकपटक सञ्चार माध्यमका लागि र अर्कोपटक जिवनका लागि बिहे गरेको कुरा भने अझ असामान्य हो । तडकभडकसहित बिहे, भोजभतेर गर्ने चलन फेसनजस्तै बनिरहेको वेला उनीहरूको उक्त बिहेलाई प्रशंसा गर्नु ठिकै हो । तर, उनीहरूले समाज, बिहेमा सहभागी हुने मानिस र सञ्चार माध्यमलाई गरेको ठगीको क्षतिपूर्ति गर्नुपर्छ कि पर्दैन ?

शिक्षा अभियन्ताका रूपमा कहलिएका ४१ वर्षे सञ्जेलले बिहेमा तीन सय रुपैयाँ खर्च गरे भनेर सबैको आँखा छारो हाल्ने प्रयास गरे । उनले बुझेका थिए वा थिएनन् । सञ्चारले समाजलाई निकै साँधुरो बनाएको छ भनेर । उनीहरूले अरूलाई मात्रै होइन आफैँलाई पनि ढाँटेका थिए । जुन संस्थामा काम गर्ने काममा उनले ढाँटको खेती गरे अब त्यो संस्थामा उनको सहभागिता पनि प्रश्न बन्न सक्छ

महँगा गहना र कपडाको सट्टा दुलहीले सामान्य कुर्ता सुरुवाल लगाएर बिहे गरेको देख्दा उनले निकै वाहवाही पाइन् । तर, उनको वाहवाही टिक्नै सकेन । चर्चा कमाएपछि टिकाउन पनि सक्नुपर्छ । अरूको बिहेमा जाने त ठाँटिएर हिँड्छन् कला त आफैँ बिहे गर्दै थिइन् । मागेको घुम्टोमा मन्दिरलाई साक्षी राखेर कलालाई सिन्दुर पोते लगाइदिँदा पण्डितको काम गरेका थिए महजोडीले । तर, जब उनको असल नियत खुल्यो महजोडीले के ठाने होलान् ? मुस्किलले पाँच मिनेट बितेको थियो उनीहरूको बिहे । घरमा धुमधामले गर्न बाँकी नै रहेकाले रहेछ पाँच मिनेटमा बिहे सकाएको ।

तीन सय रुपैयाँमै बिहे उत्रिएपछि दुलही पक्षले बिहेको खर्च समता अस्पतालमा आउने बिरामीलाई औषधि किन्न सहयोग गर्ने बताएका थिए । उनको दोस्रो बिहेमा भएको खर्चचाहिँ कसले भरिदिए होलान् ? झुट मजाक ठट्टाको पनि सीमा हुन्छ । कति झुट बोल्ने वा आफ्नो झुटका कारण अरूको भावनामा चोट पुग्छ की पुग्दैन सोच्नु पर्छ कि पर्दैन ।

उनीहरूले नेपालका सञ्चारमाध्यम र बिहेमा सहभागी सबैलाई धोका दिए । कसैलाई धोका दिन पाइन्छ कि पाइँदैन ? बिहेमा निम्ता गर्नु भोजमा सहभागी हुनु फरक कुरा हो । त्यहि दिन पनि धेरैले बिहे गरेर होलान् सबैको बिहे समाचार बनेन । तर, उनीहरूको दुवै बिहे किन समाचारको विषय बन्यो सोच्नुपर्छ । समाचारको बिषय बन्न राम्रै काम गर्नुपर्छ भन्ने होइन । झुट पनि बन्छन् समाचारका विषय यी जोडीले सोच्नुपर्छ ।

शिक्षा अभियन्ताका रूपमा कहलिएका ४१ वर्षे सञ्जेलले बिहेमा तीन सय रुपैयाँ खर्च गरे भनेर सबैको आँखा छारो हाल्ने प्रयास गरे । उनले बुझेका थिए वा थिएनन् । सञ्चारले समाजलाई निकै साँधुरो बनाएको छ भनेर । उनीहरूले अरूलाई मात्रै होइन आफैँलाई पनि ढाँटेका थिए । जुन संस्थामा काम गर्ने काममा उनले ढाँटको खेती गरे अब त्यो संस्थामा उनको सहभागिता पनि प्रश्न बन्न सक्छ । समाजलाई ढाँट्नेले कस्तो शिक्षा देलान् ? यो विषयमा पनि सम्बन्धित संस्थाले सोच्नुपर्छ । एउटै मान्छेसँग दिनमा दुईपटक बिहे गर्ने ढ्वांगीले अरू के–के ढाँटे होलान् पर्दाफास हुँदै जाला ।

सञ्जेल र दुलही कला जग्गेमा बसेर पुनः बिहे गरेको फोटो सामाजिक सञ्जालबाट बाहिरियो । त्यससँगै यसअघि उनको अभियानमा सामेल भएका प्रतिष्ठित व्यक्तित्वले के सोचे होलान् ? उनीहरूले गरेको दोस्रो बिहेमा सबै प्रकारको विधि विधान अपनाइएको देखिन्छ । के जरुरी थियो उनीहरूलाई त्यस्तो नौटंकी गर्नु ? आफ्नो नौटंकी कार्यमा अरूलाई सहभागी गराएर लज्जित पार्नु ? उनीहरूलाई पनि आम मान्छेलाई जस्तै विधि–विधान पूरा गरेर बिहे गर्ने छुट छ । त्यसो गरेको भए उनको बिहे समाचार नबन्न सक्थ्यो । तर, उनलाई झुट वा आडम्बर गरेको आरोप लाग्दैन थियो ।

परम्परा र संस्कृति छोड्न सकिन भन्दै आत्मसर्पण गर्नेले किन आडम्बरको सहारा लिएको ? झ्याइँ–झ्याइँ पञ्चेबाजा बजाएर सयौँलाई भोज खुवाएको भए पनि केही फरक पर्दैन थियो । आखिर यस्तो बिहे चलेकै छ हाम्रो समाजमा यसलाई पनि हामी सामान्य रूपमा लिने थियौँ । नक्कली वा सक्कली गहना पाइन्थ्यो लगाएको भए भइहाल्थ्यो ।

यस्ता कार्यले आफूसँग बचेखुचेको प्रतिष्ठासमेत पानीमा मिसिन्छ भन्ने कुरा यी जोडीको सोचाइमा आयो वा आएन ? पेसाले शिक्षक त्यस्तो कार्य गर्छ अरू के–के पो नगर्ला प्रश्न उठछ । सबैभन्दा ठूलो कुरा चेतनाको हो चेतना प्रगतिशील भयो भने कुनै नौटंकीको आवश्यकता पर्दैन । चेतना छैन भने यस्ता नौटंकीले केही पनि गर्दैन । बाजा बजाएर बिहे गर्नेलाई समाजले बहिस्कार गरेको छैन । त्यो हाम्रो परम्परा हो । यसरी अरूलाई बवेकुफ बनाउनेलाई पनि कारबाही होस् ।

प्रतिक्रिया