खोजखबर

पीपलटारीमा सर्पको आतंक

सौर्य अनलाइन २०७५ भदौ २५ गते ८:०६ मा प्रकाशित

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा भेटिएको सर्पले गाउँमा त्रास पैदा गरेको छ । सर्पविज्ञ महेन्द्र कातिलाका अनुसार किङ कोब्रा भएको पुष्टि भएको छ । तराई क्षेत्रमा पाइने यो सर्प कसरी यहाँसम्म आयो भन्ने कुराले स्थानीय त्रसित छन् ।

करिब साढे चार मिटरभन्दा लामो कालो रंगको यो सर्प स्थानीय चक्रपाणी सुवेदीको घरको एक कोठामा बसिरहेको छ । अहिले सर्पको उद्धारका लागि वन कार्यालय पर्वतको टोली उक्त स्थानमा पुगेको छ भने पोखराबाट उद्धार टोली आउँदै गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय