खोजखबर

साहित्यमा बढ्दो युवा आकर्षण

–यशोदा अधिकारी २०७५ भदौ २६ गते ८:५४ मा प्रकाशित

पछिल्लो समय नेपाली साहित्यमा युवाहरूको आकर्षण बढ्दै गएको छ । साहित्य लेखनमा पछिल्लो पुस्ता जसरी प्रतिस्पर्धामा छन् त्यत्तिकै मात्रामा साहित्यिक कृतिका पाठकहरू पनि बढ्दै गएका छन् । यसले पनि लेखकहरूलाई प्रोत्साहित गरिरहेको छ र नयाँ युवाहरू उत्कृष्ट कृति निकाल्न आतुर देखिन्छन् ।

युवा साहित्यकारका कृतिहरू प्रकाशित हुनेक्रम बढेसँगै पाठकहरू पनि बढेका छन् । बिएन पुस्तक प्रकाशन प्रालिका निर्देशक सूर्य बिसी युवाहरूको मनोभावना युवाका कलमले मात्रै प्रस्फुटित हुने हुँदा युवाका नयाँ कृतिहरू बजारमा बढी बिक्री हुने बताउँछन् ।

एउटा प्रकाशकका रूपमा भूपेन्द्र खड्कालाई लेखनको धार कता गइरहेजस्तो लाग्छ ? ‘ठूलो परिमार्जन वा परिष्कार आइसकेको छैन । सस्तो लेखन चलिरहेको छ,’ भूपेन्द्र भन्छन्, ‘पत्रकारिताको लेखन बढी हाबी भइरहेको छ ।

पाठकहरूले सरल लेखन मन पराउन थालेका छन् ।’ यद्यपि, सरल लेखनमा गम्भीरता नभएको र नेपालमा यतिवेला साहित्यिक लेखन भने कम भएको उनले बताए । प्रकाशकका रूपमा आफूकहाँ उपन्यास र कथाका पाण्डुलिपि बढी आउने खड्काको अनुभव छ ।

मदन पुरस्कार विजेता अमर न्यौपानेले ०७३ मा संस्मरण र उपन्यास विधा बढी पढे । किन उपन्यास नै बढी पढिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘कविता सुन्न सकिन्छ, तर उपन्यास पढ्ने कुरा हो । कविता वाचन हुन्छ, सुन्न सकिन्छ ।’

उनी भनछन्, ‘तर उपन्यास वाचन हुँदैन, यो एकान्तमा पढिने कुरा हो । नाटक मञ्चन हुन्छ, हेरिन्छ । उपन्यास डुबेर पढिने विधा भएकाले बढी पढिन्छ ।’ नयाँनयाँ लेखकहरू पनि उपन्यास लेख्न तम्सिएका छन, लेखिरहेका छन्, प्रकाशित पनि भइरहेका छन् । जीवनी छापिने क्रम पनि बढिरहेको छ । उपन्यास र जीवनी किन बढी लेखिन्छ त भन्ने अर्को प्रश्नमा न्यौपाने भन्छन्, ‘सक्नेले आपैmँ, नसक्नेले घोस्ट राइटर राखेर पनि लेखाइरहेका छन् ।’

प्रकाशकहरू बजारमा धेरै आइरहेका छन् । यो लेखकहरूका लागि ठूलो अवसर हो । प्रकाशक धेरै आउँदा पुस्तक पनि धेरै छापिने वातावरण बन्छ । लेखक तथा प्रकाशकहरू व्यावसायिक हुनु जरुरी छ । लेखकहरू व्यावसायिक नहँुदा प्रकाशकहरू हराएर जान्छन् । लेखकहरू पनि ठूलो भीडबाट गुज्रिएपछि नै खारिन्छन् । यतिवेला लेखनको धार कता गइरहेको छ त ?

‘उत्कृष्ट साहित्य लेख्ने क्रममा छौँ, नयाँ खालको लेखनमा गइसकेका छैनौँ ।’ अमर भन्छन्, ‘बजारमा स्थापित पनि हुनु छ । केही लेखकले आफ्नै शैली भने बनाइसकेका छन् ।’

अहिले पुस्तक सार्वजनिक कार्यक्रमका पुराना शैलीहरू क्रमशः परिवर्तित हुँदै छन् । पुस्तक विमोचनमै कन्सर्टको आयोजना हुन थालेको छ । पछिल्लो समय बुकवर्म फाउन्डेसनले प्रकाशन गरेको ‘फस्र्ट लभ’ तथा ‘साया’ को विमोचन होस् वा बुक हिलले सार्वजनिक गरेको ‘पर्पला’ होस् सबैले फरक छाप छोड्न सफल भएका छन् ।

पाठकहरूले चाहेजस्तो पुस्तकको भने बजारमा अझै अभाव छ । पुरानै धारमा लेखिएका पुस्तकको संख्या ठूलो भए पनि लेखकहरूले नयाँ स्वाद दिन सकेको पाइँदैन । स्थापित लेखकहरूले जे लेखे अझै त्यही पढ्नुपर्ने अवस्था छ । लेखनको दायरा अझै फराकिलो भइसकेको छैन । शरणार्थी, बसाइँसराइ, मानब बेचबिखन, बालबालिका तथा द्वन्द्वका विषयमा गहिरो लेखन पढ्न पाइएको छैन ।

वर्ष २०७३ मा अघिल्लो वर्षजस्तै थुपै्र साहित्यिक मेला एवं गतिविधिहरू सम्पन्न भए । पुस्तक पढ्ने संस्कृति बढेको बहस चुलिरहेकै वेला भएका यस्ता प्रदर्शनीले साहित्य अनुरागीहरूलाई एकै ठाउँमा जमघट हुने अवसर जुराए ।

राजधानीले मोफसललाई हेप्यो, ठाउँ दिएन भन्ने गुनासो धेरै सुनिन्थ्यो । अझै पनि सुनिन्छ । यसपालि देशमा तीन वटा साहित्य मेला सम्पन्न भए, सबै मोफसलमै । पोखरा, बनेपा र झापाका ती तीनवटै महोत्सवले स्थानीय पर्यटन, साहित्य तथा संगीतलाई महत्व दिएका थिए ।

साहित्यिक मेलाहरूले लेखक तथा पाठकहरूबीचको दुरी घटाउँछन् । पुस्तक पढिसकेपछि कतिपय पाठकमा लेखकहरूसँग भेट्ने हुटहुटी हुन्छ । नबुझेका कुरामा जिज्ञासा राख्ने, आफ्ना प्रिय लेखकसँग भेट्ने रहर पूरा गर्ने सबैभन्दा उपयुक्त थलो नै यस्तै साहित्यिक मेला हुन् । अर्कोतिर लेखकहरूका लागि पाठकको मनोविज्ञान बुझ्ने अनि उनीहरूसँग अन्तक्र्रिया गर्ने राम्रो मौका पनि यही हो ।

नेपालको सबैभन्दा ठूलो साहित्य मेला हो, नेपाल लिटरेचर फेस्टिभल । बुकवर्म फाउन्डेसनले बर्सेनि आयोजना गर्दै आएको साहित्य मेलाको छैटौँ संस्करण पोखरामा सम्पन्न भयो ।

फेस्टिभलका निर्देशक अजित बरालले प्रत्येक वर्षको यस्तो मेलालाई विशेष बनाउने योजना बनाएका छन् । ‘विदेशबाट नाम चलेका लेखकहरूलाई बोलाउने तथा सर्वसाधारणको उपस्थिति कसरी बढाउने भन्नेमा केन्द्रित छौँ ।’ बरालले भने, ‘कसरी राम्रो गर्ने भन्ने कुरालाई लिएर आन्तरिक छलफलमा छौँ ।’

‘हाम्रो देखेर अन्य सहरमा पनि क्रमशः साहित्यिक गतिविधि भइरहेका छन् ।’ बरालले थपे, ‘यो राम्रो कुरा हो । यस्ता गतिविधिहरू फैलँदै जानुपर्छ ।’ बरालका अनुसार विभिन्न ठाउँमा कार्यक्रम हुँदा स्थानीय साहित्यक गतिविधिलाई ऊर्जा मिल्छ । साहित्य मेलाबाट लेखकलाई ।
यसले पु¥याउउने फाइदा के त भन्ने प्रश्नमा लेखक सुबिन भट्टराई भन्छन, ‘धेरै दृष्टिकोणले फाइदा हुन्छ ।

लेख्ने ट्रेन्ड थाह हुन्छ ।’ पाँच वर्षदेखि साहित्य मेलामा सहभागी भइरहेका उनी भन्छन् । ‘पाठक एवं प्रशंसकहरूसँग अन्तक्र्रिया गर्न पाइन्छ । प्रत्यक्ष संवाद गर्न पाउँदा पाठक–लेखक दुवैलाई आनन्द आउँछ ।’ सुबिनका अनुसार सिकारु लेखकहरू पुरानाहरूको अनुभव सुन्न चाहन्छन् । लेखकहरूबीचको सम्बन्ध पनि सुदृढ हुन्छ । त्यस्तै विदेशी लेखकहरूको अनुभव फरक हुन्छ । उनीहरूबाट नयाँ कुरा सिक्न सकिन्छ ।

काभ्रेको बनेपामा पहिलोपटक बृहत् साहित्य सम्मेलन–२०७३ सम्पन्न भयो । दुईदिने उक्त सम्मेलनले नेपाली साहित्यका विविध विधा, साहित्यिक पत्रकारिता, कला संस्कृति, गीतसंगीत आदि सेसनमा बहस चलाएको थियो । यो महोत्सवले अन्य साहित्य महोत्सवले नसमेटेको बालसाहित्यलाई पनि समेट्यो ।

यसअघिका सम्मेलनमा बालसाहित्य खासै बहस र छलफलको विषय बनेको थिएन । बनेपामा आयोजित सम्मेलनमा ‘नेपाली बालसाहित्यको ‘प्रवृत्ति’ शीर्षकमा लेखकहरूले जमेर बहस गरे । बनेपामा आयोजित बृहत् साहित्य सम्मेलन–२०७३ पाइला फाउन्डेसनले पहिलो पटक आयोजना गरेको हो । स्थानीयस्तरमा यस्तो कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष हो । कार्यक्रमबाट उत्साहित सम्मेलनका संयोजक नरेन्द्रकुमार नगरकोटीले अर्को वर्ष पनि यस्तै सम्मेलन आयोजित गरिने जानकारी दिए ।

यस्तै रिडर्स क्लब झापाले तेस्रो कला–साहित्य उत्सव सम्पन्न ग¥यो । महोत्सवमा साहित्यिक, प्राज्ञिक, कला, नाटक एवं सांस्कृतिक विषयमा अन्तक्र्रियात्मक छलफल गरियो ।

यसैगरी काठमाडौंको भृकुटीमण्डपमा चलेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा फिनिक्स बुकले सञ्चालन गरेको बहसमा महिला वक्ताको संख्या कम भएको भन्दै विरोध भएपछि आयोजकले माफी माग्दै महिला प्यानलिस्ट थपेका थिए । विभिन्न साहित्यिक मेलाहरूले लेखक, पाठक एवं समीक्षकलाई एउटै मञ्च प्रदान गरेर पुस्तकको बजार प्रवद्र्धन गर्दै आएको छ भने लेखकहरूलाई समाज, राजनीति, धर्म, संस्कृति, संगीत आदि विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ ।

सिनेमा, साहित्य संस्कृति, खेल पर्यटन एकै पटक, एकै थलोमा भन्ने नारा दिएर गतवर्ष २५ देखि ३१ चैतसम्म नेपालगन्ज महोत्सव सम्पन्न भयो । उक्त महोत्सवमा राजनीति, पत्रकारिता, पुरस्कार, खेलकुद, आर्थिक, पर्यटन, साहित्य, संस्कृति आदि विविध विषयमा बहस चलाइयो । लगभग सबैजसो क्षेत्रलाई महोत्सवले समेट्यो ।

अन्य महोत्सवहरू एउटै विषयमा केन्द्रित हुँदै आएको परिपेक्षमा नेपालगन्जमा आयोजित महोत्सवले सबै विषय र क्षेत्रलाई समेट्ने प्रयास ग¥यो । विशेषगरी साहित्यमा केन्द्रित यो महोत्सवका अवसरमा साहित्यकार नयनराज पाण्डे, रामलाल जोशी, अमर न्यौपाने, महेशविक्रम शाह, ब्रजेश खनाल, लेखक तथा पत्रकार नारायण वाग्लेले आ–आफ्ना अनुभव बाँडे । त्यस्तै नायक राजेश हमाल, नवीन सुब्बा, अनुप सुवेदी आदिले चलचित्रसम्बन्धी अनुभव सुनाएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय