रंग‍-विविध

२५ लाखले ‘खिस्स हास्ने छोरो’

सौर्य अनलाइन २०७५ भदौ २६ गते ९:११ मा प्रकाशित

काठमाडौं । नजिकिँदो तिजसँगै दर्जनौँ गीत सार्वजनिक भएका छन् । महिलाले आफ्नो दुःख वेदनालाई गीतमार्फत पोख्ने पर्वका रूपमा तिजलाई चिनिन्छ । पछिल्लो समय सामाजिक चेतना र जागरणले घरपरिवार, पतिपत्नी तथा दुःखसुखका विषयबाट माथि उठेर तिज गीत गाउने प्रचलन ह्वात्तै बढेको छ ।

गीतमा समाज, देश, विभेद, अत्याचार, विकास निर्माण लगायतका सामाजिक सरोकार राख्ने विषयमा तिज गीत सुन्ने र देखिने बन्न थालेका छन् ।

तिजमा अवसर पारेर रोशन गैरेको ‘खिस्स हास्ने छोरो’ बोलको तिज गीत सार्वजनिक भएको छोटो समयमै निकै चर्चा बटुल्न सफल भएको छ । आशा केसी र रोशन गैरेको आवाज रहेको गीतलाई बजारमा आएको छोटो समयमै युट्युबमा २५ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

गीतको भिडियोमा करिश्मा ढकाल र रोशनको अभिनय छ । गीतको भिडियो निर्देशन र सम्पादनसमेत गैरेले नै गरेका हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय