विश्व

भारु अवमूल्यनमा मोदीको मौनता

सौर्य अनलाइन २०७५ भदौ २९ गते ८:२१ मा प्रकाशित

‘भारुको मूल्य घटिरहेको देख्दा के लाग्छ भने दिल्ली सरकार र भारुबीचको पहिला हुने प्रतिस्पर्धा चलिरहेको छ । जब देश स्वतन्त्र भएको थियो त्यो वेला एक रुपैयाँ बराबर एक डलर थियो । जब अटलजीले सरकार बनाए त्यो वेला एक डलर बराबर ४२ भारु थियो । अटलजीले छोड्ने वेला एक डलर बराबर ४४ भारु थियो । तर, यो सरकार र अर्थशास्त्री प्रधानमन्त्रीको कार्यकालमा त एक डलर बराबर ६० भारु नै पुग्यो

नयाँ दिल्ली । आजको ठीक पाँच वर्षअघि भारतीय जनता पार्टी (भाजपा)की लोकसभा सदस्य सुष्मा स्वराजले सदनमा भनेकी थिइन्, ‘भारुसँग देशको प्रतिष्ठा जोडिएको छ ।

जब–जब भारुको मूल्य घट्दै जान्छ तब–तब देशको प्रतिष्ठा पनि घट्दै जान्छ ।’ अगस्ट २०१३ मा डलरको भाउ बढेर १ डलर बराबर ६९ भारु हुँदा कड्किएकी स्वराजलाई तत्कालीन अर्थमन्त्री पि चिदाम्बरमले शान्त पार्न सकेनन् । उनी प्रधानमन्त्री मनमोहन सिंहसँग स्पष्टीकरण माग गरिरहेकी थिइन् ।

गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको भनाइ थियो, ‘भारुको मूल्य घटिरहेको देख्दा के लाग्छ भने दिल्ली सरकार र भारुबीचको पहिला हुने प्रतिस्पर्धा चलिरहेको छ । जब देश स्वतन्त्र भएको थियो त्यो वेला एक रुपैयाँ बराबर एक डलर थियो । जब अटलजीले सरकार बनाए त्यो वेला एक डलर बराबर ४२ भारु थियो । अटलजीले छोड्ने वेला एक डलर बराबर ४४ भारु थियो । तर, यो सरकार र अर्थशास्त्री प्रधानमन्त्रीको कार्यकालमा त एक डलर बराबर ६० भारु नै पुग्यो ।’

पाँच वर्षअघि मोदी गुजरातको मुख्यमन्त्री थिए । त्यो वेलादेखि अहिलेसम्म भारतको सत्तामा धेरै कुरा फेरबदल भइसकेको छ । आर्थिक अवस्थामा पनि धेरै तलमाथि भइसकेको छ, तर भारु घट्दा मनमोहन सिंहका सरकारलाई घेर्ने यी नेता हालका दिनमा रुपैयाँमा आएको गिरावटबारे मौनता छन् ।

जब मोदी सरकारले कार्यकाल थाल्यो त्यो वेला भारुको मूल्य एक डलरबराबर ६० को आसपास थियो । त्यसपछिका दिनमा भारु डलरको कम–बेसी दबाबमै रहिआएको छ । पछिल्लो केही महिना यो दबाब यस्तरी बढेको छ कि विगत १५ महिनामा भारु कमजोर हुन पुगेको छ । गत एक महिनामा डलरको तुलनामा भारुमा २ रुपैयाँ २९ पैसाले गिरावट आयो ।

बिहीबार भारुको मूल्य अहिलेसम्मकै न्यून स्थानमा रहँदा एक डलर बराबर ६९ दशमलव ०९ भारु हुन पुगेको छ । पहिलोपटक डलरको भाउ ६९ रुपैयाँभन्दा अधिक भएको छ । त्यसो त भारुको अहिलेसम्मकै न्यून मापन पनि मोदीकै कार्यकालमा भएको छ । सन् २०१६ को नोभेम्बरमा एक डलर बराबर ६८ दशमलव ८० भारु भएको थियो । तर डलरले सधैँ भारुलाई थिच्छ भन्ने पनि होइन । यस वर्ष मलेसियाली रिंगेट, थाई भाटलगायत कैयौँ एसियायी मुलुकका मुद्रा कमजोर हुन पुगेका थिए ।

भारुको कथा

एउटा यस्तो जमाना थियो जब भारुले डलरलाई कडा टक्कर दिने गरेको थियो । सन् १९४७ मा भारत स्वतन्त्र हुँदा डलर र भारुको मूल्य समान थियो । अर्थात, एक भारु बराबर एक डलर । त्यो वेला भारतको कुनै राष्ट्रिय ऋण पनि थिएन । तर, जब सन् १९५१ पहिलो पटक पञ्चवर्षीय योजना लागू भयो अनि भारतले विदेशी ऋण लिन सुरु गर्यो । त्यसपछि लगातार भारुको साख घट्न थाल्यो ।

सन् १९७५ सम्म आउँदा त एक डलर बराबर ८ भारु भयो र १९८५ मा त एक डलर बराबर १२ भयो । सन् १९९१ मा जब पिभि नरसिंह राव प्रधानमन्त्री भए त्यो वेला लागू गरिएको उदारीकरणको नीतिले त भारुको मूल्यमा राम्रै गिरावट ल्यायो । त्यसको दश वर्षपछि त एक डलर बराबर ४७-४८ भारु भयो ।

के हो रुपैयाँको खेल ?

भारु र डलरको खेललाई यसरी प्रष्ट्याउन सकिन्छ, यदि एक डलर बराबर ६७ भारु हुँदा भारतले अमेरिकासँग कारोबार गर्दा ६७ हजार भारु र एक हजार अमेरिकी डलर बराबर हुन्छ ।

अमेरिकाबाट ६ हजार ७ सय रुपैयाँ पर्ने समान झिकाउँदा एक सय डलर भुक्तानी गर्नुपर्ने हुन्छ । अब भारतको डलर भण्डारणमा ९ सय डलर बाँकी रह्यो भने अमेरिकमा ७३ हजार ७ सय रुपैयाँ हुनपुग्छ । यस हिसाबले अमेरिकाको विदेशी मुद्रा भण्डारणमा भारतको जुन ६ हजार ७ सय रुपैयाँ थियो त्यो त थपिने नै भयो, भारतसँग भएको एक सय डलर पनि अमेरिका नै पुग्ने भयो ।

यस्तो स्थितिमा भारतको सन्तुलन तब मात्र ठीक हुन्छ यदि भारत अमेरिकालाई एक सय डलरको समान बेच्न सफल हुन्छ भने । जुन हाल भइरहेको छैन । अर्थात् भारतले आयात बढी र निर्यात कम गरिरहेको अवस्था छ ।

मुद्रा विशेषज्ञ एस सुव्रमण्यम भन्छन् यस्तो अवस्थामा भारतीय रिजर्ब बैंक (केन्द्रीय बैंक)ले आफ्नो भण्डारमा भएको डलर तथा विदेशबाट खरिद गरेको डलर बजारमा आपूर्ति गर्छ ।

रुपैयाँको मूल्य कसरी तय गरिन्छ ?

सुव्रमण्यम भन्छन् रुपैयाँको मूल्य माग तथा आपूर्तिको सिद्धान्तमै निर्भर गर्छ । साथै, आयात निर्यातको प्रभाव नपर्ने पनि होइन । सबै देशले विदेशी मुद्रा भण्डार गरेका हुन्छन् र कारोबारको क्रममा सो मुद्रा लेनदेन हुन्छ । डलर अन्तर्राष्ट्रिय कारोबारमा प्रायः प्रयोग हुने मुद्रा हो र धेरैजसो राष्ट्र आयातको भुक्तानी डलरमार्फत नै गर्छन् ।

रुपैयाँ किन कमजोर ?

डलरअघि हालको माहोलमा रुपैयाँको नटिक्नुको कारण समयअनुसार फेरिइरहन्छ । कहिले यो आर्थिक अवस्थाको सिकार बन्छ भने कहिले अन्य त कहिले धेरै ।

दिल्लीस्थित एक ब्रोकर फर्मका अनुसन्धान प्रमुख आसिफ इकबाल के ठान्छन् भने मौजूदा अवस्थामा रुपैयाँ कमजोर हुनुको खास कुनै कारण देखिँदैन । पहिलो कारण हो तेलको बढ्दो मूल्य । कच्चा तेलको भाउ बढ्नु नै भारुको गिरावटको एउटा ठूलो कारण हो । भारत कच्चा आयात गर्ने एक प्रमुख राष्ट्र हो । आयातित तेलको भुक्तानी भारतले अमेरिकी डलरमा गर्ने गरेको छ ।

भारु घट्दा के हुन्छ ?

मुख्य सवाल के हो भने डलरको तुलनामा भारुको मुद्रा यसरी नै घटिरहने हो भने के असर पर्छ त ? मुद्रा विज्ञ सुव्रमण्यमका अनुसार यो परिदृश्यको सबैभन्दा ठूलो असर के हुन्छ भने महंगी बढ्छ । कच्चा तेलको आयातले महंगी बढ्छ । तेलको महंगीले अन्ततः खाद्यान्नको मूल्य बढ्छ । त्यसका साथै डलरमा भुक्तानी गर्नु पनि भारी नै हुन्छ । र, विदेश भ्रमण पनि महंगिन्छ भने अन्तर्राष्ट्रिय शिक्षा पनि महंगिने छ ।

भारु घट्दा कसलाई फाइदा ?

भारु घट्दा भारतमा कसैलाई फाइदा हुन्छन् ? सुव्रमण्यम भन्छन्, ‘पक्कै पनि । कुरा सोझै छ नि । जहाँ केही नोक्सान हुन्छ त्यहाँ केही फाइदा पनि हुन्छ । निर्यातकर्ता मालामाला हुन्छन् । उनीहरूले डलरमा भुक्तानी पाउँनेछन् । त्यो डलरलाई भारुमा साटेर उनीहरूले फाइदा उठाउनेछन् ।’

यस बाहेक जो आइटी र फर्मा कम्पनी जसले आफ्नो समान विदेशमा निर्यात गर्छन् तिनलाई पनि फाइदा हुनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय