खोजखबर

‘जनस्वास्थ्य विधेयक, २०७५’ पारित

सौर्य अनलाइन २०७५ भदौ २९ गते १५:५७ मा प्रकाशित

काठमाडौँ । ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ  . विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए ।

यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिए ।

विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे । सांसदका प्रश्नको जवाफ दिदैं मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए ।

रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो । बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अंग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय