अर्थबजार

साबुन उद्योगमा आगलागी

सौर्य अनलाइन २०७५ असोज २ गते ११:१२ मा प्रकाशित


पर्सा । वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, कलैया नगरपालिका र सिमरा विमानस्थलको वारुणयन्त्रद्वारा आगो निभाइएको हो । आगलागीको कारण तथा क्षतिबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया