खोजखबर

फोरमले संविधान दिवसको विरोध नगर्ने

सौर्य अनलाइन २०७५ असोज २ गते १६:४५ मा प्रकाशित

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ असोजमा संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताए ।

उनले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको पनि स्पष्ट गरे ।

एक प्रश्नका जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गरिने जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय