मत-विमत

आजको प्रलेस, भोलिको प्रलेस

सौर्य अनलाइन २०७५ असोज ६ गते ११:१२ मा प्रकाशित

१. आमुख
प्रगतिशील लेखक संघ (वि.स.२००९) को स्थापना नेपालको साहित्यिक–सांस्कृतिक आन्दोलनमा महत्वपूूर्ण परिघटना थियो । नेपाली समाजमा वामपन्थी विचारको प्रसारण गर्ने मूूल लक्ष्यसहित वामपन्थी साहित्य, कला, दर्शनको विस्तारका लागि संगठित एवं सामूूहिक प्रतिबद्धतासहितको संगठनका रूपमा यसले आफ्नो यात्राको प्रारम्भ गर्यो ।

प्रारम्भिक कालमा सुुधारवादी विचार राख्ने लेखक, कलाकारसमेत समेटेको यो संस्थामा पछिल्ला राजनीतिक एवं सामाजिक घटनाको विकाससँगै अवसरवादी र स्वार्थीहरू अलग हुुँदै गए र यो संस्था माक्र्सवादी विचारका लेखकको मात्र संस्था हुन पुुग्यो ।

प्रारम्भकालमा यस संस्थामा रहेर के–के न पाउँला भनेर लागेका व्यक्तिहरू आन्दोलन, संघर्षका मोर्चामा असफल हुुँदै गए । सत्ता र शक्तिको मोहपासमा परेर अलग हुुँदै गए र आन्दोलनबाट विमुुख हुुँदै गए । संसारभर आफ्नो विचारले प्रभाव विस्तार गरिरहेको माक्र्सवादी दर्शनको आलोकमा नेपाली समाजमा रूपान्तरणकारी विचारको प्रसारणका लागि अनेकौँ स्रष्टाले योगदान दिएका छन् ।

यसै क्रममा नेपाली समाजको विकासको क्रममा देखापरेका अनेकन राजनीतिक–सामाजिक आन्दोलनको प्रभावसमेत देखिँदै आयो । २००७ सालको आन्दोलनपछि नेपाली समाजमा देखापरेको परिवर्तनको आकांक्षा, सामाजिक परिवर्तनको उत्कण्ठालाई यस संस्थाले स्वर प्रदान गर्यो । राष्ट्रका विशिष्ट चेतनासहित अग्रगामी रूपान्तरणको चाहनालाई विभिन्न लेखक कलाकारले यस संस्थाको मञ्चबाट आफ्नो आवाज दिँदै गरे ।

नेपाली समाजमा तत्कालीन समयमा माक्र्सवादी विचारले व्यापकता नपाइसकेको अवस्थामा प्रगतिशील लेखकहरूले जनबोलीमा जनताका पिरमर्कालाई आफ्ना सिर्जनामार्फत प्रस्तुुत गरे । तत्कालीन शासकवर्गका कुुकृत्यको भण्डाफोर गर्दै समाज रूपान्तरणकारी चेतनालाई व्यापक बनाउने काम गरे ।

सत्ता र शक्तिबाट पृथक रहेर जनताको बीचमा रहेर जनताकै भाकामा जनसाहित्यको सिर्जना गर्दैै गरे । तत्कालीन नेपाल कम्युुनिस्ट पार्टीले बोकेको विचारलाई आम जनसमुदायका बीचमा पुु¥याउने र समाजमा जनपक्षीय साहित्य, कलाप्रति अभिरुचि जगाउने कार्य गरे । ०१७ सालको शाही कदमपछि प्रलेसको यात्रा एकाएक रोकिन पुुग्यो ।

यस संस्थामा आबद्ध रहेका कतिपय मानिस सत्ता र शक्तिको पछि लिप्त बने र यस संस्थाको जिम्मेवारीबाट अलग हुन पुुगे । एकातिर नेतृत्व तहमा रहेका व्यक्तिहरूको पलायन र अर्कोतिर सत्ताको दमनले गर्दा यस संस्थाका गतिविधि प्रभावित हुन पुुगे । यो संस्था सत्ताको दमनले गर्दा र जिम्मेवार मानिएका मानिसको अवसरवादका कारण निस्क्रिय हुन पुुग्यो ।

यति हुुँदाहुुँदै पनि पञ्चायती कुुशासनका विरुद्ध विभिन्न व्यक्ति एवं समूूहले नेपालको प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा धेरथोर योगदान दिइरहे । जनताका कलाकार जनताका बीचमा जाने क्रम रोकिएन । भूूमिगत रूपमै भए पनि आफ्नो विचार एवं चिन्तनलाई नेपाली जनताका बीचमा पुर्याउने काम रोकिएन ।

व्यक्तिगत जीवनका दुुःख पीडाको कुनै प्रवाह नगरेर सामाजिक रूपान्तरणका लागि आफ्नो जीवनलाई लगाइरहे । यस क्रममा कतिपय लेखक÷कलाकारले ज्यान गुुमाउन परेको, कतिपयले निर्वासन भोग्नुपरेको एवं कतिपयले घरबारविहीन भएर बाँच्नुुपरेको अवस्था देखियो । ०३६ सालको राजनीतिक–सामाजिक आन्दोलनको विकासमा साहित्यिक–सांस्कृतिक मोर्चामा कार्यरत लेखक कलाकारको महत्वपूूर्ण योगदान रह्यो ।

यस आन्दोलनमा देशका परिवर्तनधर्मी चेतनाका लेखक–कलाकारका साथै वामपन्थी विचारका लेखक कलाकारले समेत महत्वपूूर्ण योगदान दिए । उनीहरूले सडक कविता आन्दोलनका माध्यमबाट नेपाली समाजको परिवर्तनको चाहनालाई आफ्ना स्वर प्रदान गरे । यसै आन्दोलनको उभारसँगै नेपालको प्रगतिशील लेखक कलाकार पनि जुुर्मुुराए र आफ्नो संगठनलाई पुनः व्यवस्थित गर्ने काम गरे ।

विभिन्न विचार समूूहमा विभक्त रहेका लेखक कलाकारको साझा संगठनका रूपमा प्रगतिशील लेखक–कलाकारको साझा संगठनको रूपमा विकास गरे । यसै अवधिमा विभिन्न पार्टी निकट सांस्कृतिक संगठनले आफ्ना साहित्यिक प्रकाशन एवं सांगीतिक कार्यक्रमका माध्यमबाट जनताका बीचमा आफ्ना दृष्टिकोणलाई पुर्याउने काम गरे ।

चालिसको दशकमा लेखक र कलाकारको संयुुक्त संगठनका रूपमा रहेको यो संस्थालाई पछि कलाकारको अलग्गै छुुट्टै संगठन बनाउने भनेर लेखकको मात्रै संगठन बनाइयो । यसपछि कलाकारको संयुुक्त मोर्चाको रूपमा कुनै पनि संगठन हालसम्म अस्तित्वमा छैन । ०४६ सालको राजनीतिक परिवर्तन, ०५२–६२ सालसम्मको १० वर्षे जनयुुद्ध, ०६२÷६३ को दोस्रो जनआन्दोलनलाई उत्कर्षमा पुर्याउनमा लेखक–कलाकार एवं तिनको संस्थाको योगदान महत्वपूूर्ण रह्यो ।

यी आन्दोलनमा प्रगतिशील साहित्यिक संघसंगठनको भूूमिका रह्यो नै, यसबाहेक प्रगतिशील लेखक संघले पनि आफ्नो सशक्त भूूमिका निभायो । प्रगतिशील लेखक संघको आन्तरिक जीवनमा विभिन्न उतारचढाव देखिए । विभिन्न समयमा यसमा आबद्ध संगठनले सम्मेलन बहिष्कार गरेर बाहिर जाने र पछि यसमा समावेश हुने कार्यसमेत भयो ।

जे जस्तो भए पनि यो संगठन हालसम्म विभिन्न वामपार्टी निकट एवं स्वतन्त्र वामपन्थी लेखकहरूको साझा मोर्चा संगठनको रूपमा क्रियाशील रहेको छ । विभिन्न समयमा आन्तरिक संगठनको सवालमा एवं संगठनले लिनुुपर्ने कार्यदिशाका बारेमा फरक–फरक विचार उत्पन्न भए पनि आजसम्म यसले आफ्नो साझा चरित्र गुुमाएको छैन ।

विभिन्न खाले विचार समूूहको साझा मोर्चा भएको हुुँदा कुनै पनि घटना र विषयलाई हेर्ने सवालमा एकै दृष्टिकोण नहुुन पनि सक्छ । यति हुुँदाहुुँदै पनि सामन्तवादी साम्राज्यवाद विरोधी संगठनका रूपमा यसले आफूूलाई विकसित तुल्याउँदै आएको छ । देशमा भएका विभिन्न खाले राजनीतिक–सामाजिक आन्दोलनका पक्षमा यसले आफ्नो आवाज बुुलन्द पार्दै आएको छ ।

नेपालको वामपन्थी राजनीतिमा देखापरेको संकीर्ण चिन्तन र फरक विचारलाई भित्तामा पुु¥याउने प्रवृत्तिको प्रभाव वेलाबखतमा प्रकट हुन खोजे पनि सहकार्य, सहमति र संवादका माध्यमबाट यसले यस मुलुुकको साहित्यिक–सांस्कृतिक आन्दोलनमा आफ्नो भूूमिकालाई बलियो तुुल्याउँदै ल्याएको छ ।

आज मुुलुुकमा रहेका साहित्यिक संगठनमा यो जतिको पुरानो संगठन कुुनै पनि छैन । यसको स्थापनाको हाराहारीमा स्थापना भएको दावा गर्ने संगठनले पनि आफ्नो भूूमिका स्पष्ट पार्न सकेको छैन । चाहे कुनै पनि सामाजिक सरोकारका विषयमा आफ्नो दृष्टिकोण दिने सवालमा होस, वैचारिक अन्तक्र्रिया वा बहसका माध्यमबाट होस्, सिर्जनात्मक गतिविधिका माध्यमबाट होस्, यसले आफूूलाई अग्र पंक्तिमा राखेको छ ।

आज नेपाली कांग्रेस निकटको नेपाली लेखक संघ आन्तरिक खिचातानी र गतिविधिहिनताका कारण नाम मात्रको संगठन बन्न पुुगेको छ । यस्तो अवस्थामा प्रगतिशील लेखक संघ निरन्तर आफ्ना सिर्जनात्मक हस्तक्षेपका माध्यमबाट, बौद्धिक अन्तक्र्रियाका माध्यमबाट आफ्नो श्रेष्ठता कायम गरिरहेको छ ।

२. आजको प्रलेस
२६–२७ चैत्र ०७२ सालमा सम्पन्न भएको १०औँ राष्ट्रिय सम्मेलनपछि गठन भएको केन्द्रीय समिति नै अहिलेको वर्तमान कार्यरत केन्द्रीय समिति हो । १०औँ राष्ट्रिय सम्मेलन हुने वेलामा यस संगठनमा आबद्ध भएको सांस्कृतिक संगठनका बीचमा केही मनमुुटाव भएर संगठनको एकता नै नरहने हो कि भन्ने आशंका थियो यद्यपि, सबैखाले आशंका र अनुमानलाई चिर्दै सर्वसम्मत किसिमले नेतृत्व चयन गर्ने कार्य भयो ।

यसले नेपालको नयाँ संविधानबमोजिम प्रादेशिक आधारमा संगठनको नेतृत्व चयन गर्ने कार्य गर्यो । नेपालमा कार्यरत रहेका साहित्यिक संगठनमध्ये प्रलेस नै यस्तो संगठन हुुनुुपर्छ, जसले सबैभन्दा पहिले आफ्नो नेतृत्वलाई प्रादेशिक आधारमा लगेर नेपालका विभिन्न स्थानमा रहेका प्रतिभालाई नेतृत्वमा ल्याउने कार्य गर्यो ।

नेपालको संविधान कार्यान्वयको दिशामा साहित्यिक संगठनका तर्फबाट गरिएको यो महत्वपूूर्ण कार्य हो ।यस कार्यकालमा संगठनले विभिन्न विभागहरूको गठन गरेर कार्य विभाजनसमेत गर्यो । विभिन्न समयमा गोष्ठी, छलफल, अन्तक्र्रियाका माध्यमबाट आफूूलाई क्रियाशील बनाउने कार्य भयो ।

यस अवधिमा भएको महत्वपूूर्ण कार्य भनेको काठमाडौं केन्द्रित भएको संगठनको गतिविधिलाई राजधानीबाहिर विभिन्न जिल्लामा विस्तार गर्ने कार्य हो । यस संस्थाका राष्ट्रिय परिषद्को बैठक एवं केन्द्रीय समितिको बैठक राजधानीबाहिर ओखलढुुंगा एवं इलाममा सम्पन्न गर्ने कार्य भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता राज्य संस्थाका साथै, यस संस्थाका विभिन्न जिल्ला समितिसँग मिलेर महत्वपूूर्ण गोष्ठी एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । यस अवधिको सबैभन्दा उपलब्धि भनेको प्रलेस परिसंवाद कार्यक्रम पनि हो । यस कार्यक्रममा प्रगतिवादी एवं प्रगतिशील लेखक क्षेत्रका विशिष्ट स्रष्टाका विषयमा, विभिन्न साहित्यिक, सांस्कृतिक विषयमा परिचर्चा गर्ने कार्य भयो ।

नेपालको साहित्यिक सांस्कृतिक क्षेत्रमा महत्वपूूर्ण स्थान बनाएका प्रगतिवादी स्रष्टा एवं चिन्तकका विचार सुुन्ने र त्यसमाथि सहभागीले अन्तक्र्रिया गर्ने यो कार्यक्रम प्रभावकारी हुुँदै आएको छ । हालसम्म १७ शृंखलासम्म पुुगेको यस परिसंवादमा नेपालको माक्र्सवादी चेतनाका लागि विशेष योगदान दिने स्रष्टा एवं समालोचकलाई अतिथिको रूपमा स्थान दिइएको छ ।

यसमा विभिन्न सांस्कृतिक संगठनमा रहेका वा स्वतन्त्र किसिमले माक्र्सवादी विचार एवं सिर्जनाका क्षेत्रमा कार्य गरिरहेका व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको ओज त बढाएको नै छ, त्यसबाहेक प्रलेसले आफ्नो दायरालाई पनि पहिलेभन्दा फराकिलो बनाएको छ । यस अवधिमा प्रलेसले विभिन्न स्रष्टाका कृतिमा परिचर्चासमेत गरेको छ ।

एक समय थियो, सम्मेलनको नजिक आइपुुग्दा पनि प्रलेसका पदाधिकारी कार्यालयमा भेटाउन गाह्रो हुुन्थ्यो । कार्यालयको ताल्चा लाग्ने गर्दथ्यो । यो अवस्थाको अन्त्य भएको छ । यस अवधिमा नियमित कार्यालय सञ्चालनका साथै, स्रष्टाहरूसँगको भेटघाटले निरन्तरता पाएको छ ।

प्रलेसले प्रकाशनका क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएको छ । १०औँ राष्ट्रिय सम्मेलन विशेष अंकका साथै, नारी स्रष्टा विशेष अंक प्रकाशनमा आएको छ । संस्कृति विशेष अंक, परिसंवाद विशेष अंक एवं कार्यपत्र विशेष अंकको लागिसमेत कार्य भइरहेको छ । नेपालको प्रगतिशील साहित्यको इतिहास लेखनको क्रम जारी छ ।

यसै, सन्दर्भमा प्रगतिशील साहित्यको इतिहासको पहिलो भाग प्रकाशनको क्रममा पुुगेको छ । विभिन्न समयमा राज्यका तर्फबाट स्रष्टाहरू पक्राउ पर्ने लगायतका कार्य हुुँदा प्रलेसले रिहाइका लागि पहल गर्ने, विज्ञप्ति जारी गर्ने लगायतका कार्य गरेको छ ।

यस संस्थामा कार्यरत कुनै पनि पदाधिकारी एवं सदस्यले संस्थामा कार्य गरेबापत कुनै तलब पाउँदैन । आआफ्नो पेसा, व्यवसाय एवं काममा संलग्न भएर पनि संस्थाको काम स्वयंसेवी रूपमा गर्नुुपर्दछ । यति हुुँदाहुुँदै पनि यसले आफ्ना गतिविधिलाई सक्रियताका साथ अघि बढाइरहेको छ ।

३. सम्भावना र चुुनौतीको जगमा उभिएको प्रलेस
कुुनै पनि जीवित संगठनमा वैचारिक अन्तरविमर्श वा छलफल हुनुु भनेको स्वाभाविक नै हो । संस्थामा रहेका विभिन्न विचार समूूहका बीच तत्कालीन मुुद्दाहरूमा विभिन्न विचार हुनुु स्वाभाविक नै हो । हामी विचारलाई निषेध गर्ने पक्षमा कहीँ कतै छैनौँ । विभिन्न विचारको मन्थनपछि संगठनको आधिकारिक धारणा बनाउने र त्यसलाई संगठनको तत्कालीन कार्यनीति बनाउने कुुरामा स्पष्ट छौँ ।

संगठनको १०औँ राष्ट्रिय सम्मेलनपछिका दिनमा यसको स्वास्थ्य विकासका लागि लागिपर्ने स्पष्ट दिशा बोधले संगठनको गतिलाई अघि बढायो । हामीले संगठनमा स्वस्थ बहस गर्ने र संगठनको कामलाई समृद्ध बनाउने कार्यमा निरन्तर लागिरहेका छौँ ।

यति हुुँदाहुुँदै पनि सम्मेलनको केही समयदेखि नै कतिपय व्यक्ति वा समूूहले अनेक बहाना झिकेर आफ्नो जिम्मेवारी पूरा नगर्ने, व्यक्तिगत आलोचना गर्ने, नेतृत्वलाई खुुइल्याउने कार्य गरे । संगठनभित्र पनि रहने र संगठनको काममा निष्क्रिय हुने, संगठनका कार्यक्रममा पनि सहभागी नहुुने र बाहिर विरोध गर्न थाले ।

संगठनको नै विकल्प खोज्नुुपर्छ भनेर अनेकन गतिविधि सञ्चालन गरे पनि यो कार्य सफल हुन सकेन । कतिपय व्यक्तिहरूलाई प्रलेसको विधान र यसको सीमाका बारेमा सामान्य ज्ञान पनि छैन । आफूूलाई प्रलेसमा प्रतिनिधित्व गराउने संगठन र संगठनको नीतिका बारेमा पनि कुनै जानकारी छैन ।

व्यक्तिगत लहडका भरमा नेतृत्वको आलोचना गर्ने, आफ्ना निजी विचार वा मान्यतालाई सिद्धान्तको रूपमा व्याख्या गर्ने र अखबारमा जथाभावी अलाप–विलापसमेत गर्न थाले । यस संस्थाको विचारभन्दा बाहेकका प्रतिपक्षी ध्रुुवका व्यक्ति, संगठन र अखबारले यसलाई मसलाको रूपमा प्रयोग गरे ।

कुुनै पनि संगठनमा बसेपछि उसको न्यूूनतम अनुुशासन, पद्धति र कार्यविधिलाई स्वीकार गर्न सक्नुुपर्छ । संगठनमा रहँदासम्म संगठनको हितको पक्षमा काम गर्नुुपर्छ । संगठनले लिएका नीति एवं कार्यक्रमका सम्बन्धमा फरक मत छ भने संगठनभित्र आफ्ना विचार राख्ने, त्यसमाथि छलफल चलाउने र अन्तिममा संगठनको निर्णयलाई कार्यान्वयन गर्नुुपर्दछ ।

संगठन गलत दिशामा गयो र त्यहाँ रहेर कार्य गर्न सकिँदैन भन्ने लाग्छ भने त्यहाँबाट अलग भएर मार्ग प्रशस्त गरिदिनुुपर्छ । संगठनभित्र रहेर संगठनको अन्तर ध्वंस गर्ने पद्धति कुनै पनि हालतमा ठीक होइन । यति पनि सामान्य ज्ञान नहुने व्यक्तिलाई संगठनको आलोचना गर्ने अधिकार रहँदैन ।

सामूूहिकतामा विश्वास नगर्ने, संगठनको नीति, नियम र पद्धतिबाहिर जाने अधिकार कसैलाई पनि रहनु हुुँदैन । यसर्थमा अहिले अनुुशासनको समस्या देखिएको छ । कुनै पनि संस्थाले लिने दृष्टिकोण राष्ट्रिय अन्तर्राष्ट्रिय घटना–परिघटनाबाट प्रभावित रहन्छ । समयकालमा देखापरेका सैद्धान्तिक, सांगठनिक कार्यशैली एवं व्यवहारिक समस्यालाई छलफलका माध्यमबाट हल गर्न सकिन्छ ।

यसका लागि सबैले तयार हुनुुपर्दछ । अरूले केही गर्न सकेन भन्नेहरूले आफूूले के गर्न सकेँ वा सकिनँ भनेर पनि मूूल्यांकन गर्नुु आवश्यक छ । यसर्थमा प्रलेसले आफ्ना सांगठनिक एवं नीतिगत सवालमा छलफलको बाटोबाट नयाँ सम्भावनाको खोजी गर्ने मार्गमा निरन्तर लाग्नुुपर्दछ ।

४. अबको प्रलेस : कस्तो प्रलेस ?
कुनै पनि संस्था विगतको गौरवगान र वर्तमानको यशोगानले मात्रै चल्दैन । भविष्यमा यसले लिने नीति र कार्यक्रमको लेखाजोखा आज वा अहिल्यै गर्नुुपर्दछ । यसो भयो भने मात्र संस्थाले गति लिन सक्छ । प्रलेसको बारेमा विभिन्न सांस्कृतिक संगठनको स्पष्टताको खाँचो आजको आवश्यता हो ।

यस किसिमका मोर्चा संगठनलाई हेर्ने दृष्टिकोण र यसमा कार्यरत व्यक्तिको कामको लेखाजोखा कसरी गर्ने सवालमा विभिन्न पार्टी संगठनको नेतृत्वका साथै सांस्कृतिक संगठनको नीति स्पष्ट छैन । प्रलेसमा रहेर गरेको कार्यले आन्तरिक पार्टी संगठनमा कस्तो मूूल्य राख्दछ ? हामीले हेर्नुुपर्नेछ ।

प्रलेसजस्ता संगठनमा गएका व्यक्तिले कसरी वैचारिक एवं सांगठनिक नेतृत्व प्रदान गरेका छन् वा छैनन्, यस विषयमा अन्तरविमर्श भइरहनुुपर्दछ । प्रलेसमा रहेका सांस्कृतिक संगठनको बीचको सम्बन्ध, तिनले लिने नीति, कार्यक्रम र साझा सवालमा एकरूपताका सवालमा ती संगठन स्पष्ट नहुने हो भने प्रलेस कुुहिरोको काग बन्ने खतरा रहिरहन्छ ।

राजनीतिक पार्टी वा संगठन फुट्ने र जुुटने कार्य निरन्तर भइरहन्छ । एक अवस्थामा बलियो भएको संगठन अर्को अवस्थामा कमजोर हुुनसक्छ । यो विभिन्न वामपार्टी निकट लेखकको संस्था भएकोले यसका प्रतिनिधित्वको सवालमा यसले असर पारिरहन्छ । कुनै पार्टी वा संगठन बलियो भयो, अब हामीले अलग बाटो खोज्नुपर्छ भन्ने भनाइ कुनै अर्थमा सही होइन ।

सो संगठनमा रहेर हामीले के गर्न सक्यौँ ? संगठनले दिएको जिम्मेवारीप्रति कति इमानदार बन्यौँ ? संगठनको नीति निर्माण र क्रियाशीलतामा हाम्रो सहभागिता कति रह्यो ? हामीले आफ्ना विचार संगठनमा कति राख्यौँ र अरूलाई कतिको सहमत गराउन सक्यौं ? यसमा पनि सबैले सोच्नुुपर्ने हुुन्छ ।

यस किसिमका मोर्चा संगठनमा रहेर ‘पाए सय नपाए ‘शून्य’ को नीति अख्तियार गर्ने, अरूको अस्तित्व नस्विकार्ने, तोकिएको जिम्मेवारी पूरा नगर्ने, संगठनको पदमा पनि बसिरहने तर, बाहिर विभिन्न अपवाह फैलाउने प्रवृत्ति संगठन विरोधी प्रवृत्ति हो । यस्ता प्रवृत्तिप्रति प्रलेस कठोर बन्नैपर्छ र सम्बन्धित व्यक्ति वा सांस्कृतिक संगठनसँग कठोर छलफल चलाउनैपर्छ ।

कुुनै पनि संस्थामा बस्ने, नबस्ने निर्णय व्यक्ति स्वयं वा सम्बन्धित संगठनको आफ्नो निर्णयको कुुरा हो । प्रलेसमा ‘स्वेच्छिक आगमन, स्वच्छिक अवकाश’ को नीति लगाउनुुपर्ने देखिन्छ । प्रलेसले भोलिका दिनमा सांगठनिक गतिविधिमा चुुस्तदुुरुस्त, वैचारिक सबलता ल्याउन के गर्नुुपर्ला ?

मुुलुुकको महत्वपूूर्ण साहित्यिक–सांस्कृतिक क्षेत्रमा हस्तक्षेपकारी संगठनका रूपमा स्थापित भइरहन कस्ता खाले नीति र नेतृत्वको खाँचो छ ? यस संस्थामा रहेका केन्द्र एवं जिल्लास्तरका पदाधिकारी एवं सदस्य हुनका लागि चाहिने न्यूनतम योग्यता वा मापदण्ड के हुन सक्छन ? आदि यावत् सवालमा छलफल भइरहनुुपर्दछ ।

आफ्नो संगठनलाई ठूूलो देखाउने नाममा अनावश्यक बार्गेनिङ गर्ने, गैरसाहित्यिक कार्यकर्ता भर्ती गर्ने अनि संस्था सबल भएन भनेर कोकोहोलो मच्चाउनुको अर्थ छैन । प्रलेसलाई वास्तवमै सबल संगठन बनाउने हो साहित्य–संस्कृतिका क्षेत्रमा स्थापित, वैचारिक रूपले प्रखर, सबल क्रियाशील स्रष्टाहरूलाई नेतृत्व तहमा स्थापित गर्नै पर्दछ ।

भोलिका सम्भावनाका रूपमा रहेका नवपुुस्ताको क्रमशः नेतृत्व विकास गर्नुुपर्दछ । वैचारिक कार्यक्रमका साथै, सिर्जनात्मक गतिविधिलाई अघि बढाउने हो भने प्रलेस यो मुुलुुकको अग्रगामी एक सशक्त साहित्यिक–सांस्कृतिक संगठनको रूपमा रहिरहने कुरामा विश्वास राख्न सकिन्छ ।

प्रतिक्रिया