खोजखबर

पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि

सौर्य अनलाइन २०७५ असोज २१ गते १५:५६ मा प्रकाशित

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार-कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो ।

आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए ।

श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए । सरकारकाे याे निर्णयसँगै अब पत्रकार र संचार गृहमा काम गर्ने कर्मचारीकाे  न्यूनतम पारिश्रमिक २४ हजार ३ सय ७५ रूपैयाँ हुने छ । यस्तै मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया