खोजखबर

गान्धीसँग निकट आठ महिला !

सौर्य अनलाइन २०७५ असोज २५ गते ८:२९ मा प्रकाशित

महात्मा गान्धीको नाम नसुन्ने बिरलै होलान् । उनका बारेमा सुन्नेका लागि उनका निजी जीवन अझ रोचक लाग्न सक्छ । सन्त, आदर्शवादी, साधु नेता उनको पहिचान हो । उनका बारेमा सुनेका मान्छेका लागि उनका निजी जीवनमा निकट भएका पात्रका बारेमा जान्नु रमाइलो हुन्छ । गान्धी परिवारको वर्षौँदेखि भारतीय राजनीतिमा प्रभाव छ ।

उनीहरूका निजी जीवनका बारेमा पनि वेला वेला चर्चा हुन्छ । महात्मा गान्धीका बारेमा त त्यो अझ रुचिको विषय हुन्छ । साधुको पहिचान बनाएको उनको जीवनका विभिन्न चरणमा महिलाहरूको निकटता पनि कम नरहेको खुलेको छ । को–को थिए त उनको निजी जीवनमा ?

भारतका सन्त नेता मोहनदास करमचन्द गान्धी जसलाई महात्मा गान्धी पनि भनिन्थ्यो उनका नजिक सधैँजसो सयौँ मान्छे झुम्मिएका हुन्थे । उनलाई एक्लै भेटिनु गाहै्र थियो, कोही न कोही वरपर भएकै हुन्थे । ती भिडमा केही यस्ता मान्छे पनि हुन्थे, जसलाई भारतका सबैजसो नागरिकले जानेका हुन्थे ।

ती पात्र हुन्, मसलन जवाहरलाल नेहरू, सरदार पटेल वा कस्तुरबा गान्धी । यी व्यक्ति सधैँजसो गान्धीको वरिपरि नै रहन्थे र राजनीतिकै विषयमा कुरा गर्थे । तर, त्यही गान्धीको नजिक भिडमा रहेका केही मान्छे यस्ता पनि थिए जसका बारेमा थोरै मान्छेलाई मात्रै थाहा थियो ।

ती मान्छेका बारेमा थोरै मान्छे मात्रै जानकार थिए । ती मान्छे भने गान्धीका सबैभन्दा नजिकका मान्छे थिए अन्तरंग भएर काम गर्थे । भारतमा त्यस्ता केही महिला थिए जसको जीवनमा गान्धीको गहिरो प्रभाव थियो ।

त्यही प्रभावका कारण उनीहरू कुनै न कुनै दिन थोरै समयका लागि भए पनि गान्धी हिँडेकै बाटोबाट गान्धीसँगै हिँड्दै थिए, त्यही बाटो प्रयोग गर्दै ती महिलाले पनि आआफ्नो जिन्दगीमा सफलता पूर्वक अघि बढेका थिए ।

तीमध्ये कोही लामो समय उनीसँगै टिकिरहे कोही टिकेनन् । मेडेलिन ब्रिटिस एडमिरल सर एन्ड स्लेडका छोरी थिइन् । एक वरिष्ठ ब्रिटिस अधिकारीकी छोरी भएका कारण उनी कडा अनुशासनमा हुर्किएकी थिइन् । उनको बाल्यकाल अत्यन्तै अुनशासनमा बितेको थियो । त्यो समयमा ब्रिटिस अधिकारीकी छोरीको समय त्यसरी बित्नु सामान्य र जायजजस्तै थियो ।

मेडेलिन जर्मन पियानिस्ट र संगीतकार बिथोबेनका निकै प्रशंसक थिइन् । त्यही कारणले लेखक एवं फ्रान्सेसी बुद्धिजीवी रोमैन रौलेंडको सम्पर्कमा आएकी थिइन् उनी । त्यस समयमा रोमैन रौलेंड नामका एक लेखकले संसारका चर्चित संगीतकारका बारेमा मात्रै होइन महात्मा गान्धीको समेत बायोग्राफी (आत्मकथा) लेखेका थिए ।

गान्धीका बारेमा रोमैनले लेखेका बायोग्राफी पढेर मेडेलिन निकै खुसी भएकी थिइन् । उनले त्यो रुचि पूर्वक पढेको उल्लेखित गरिएको छ । गान्धीप्रति मेडेलिन रुचि हेर्दा लाग्थ्यो उनी आफ्नो जिन्दगी पनि गान्धीकै बाटोमा हिँड्न ठीक ठान्दै छिन् । उनलाई गान्धीले रोजेको बाटो मन परेजस्तै थियो । गान्धीको बारेमा छापिएका पुस्तक, समाचार र लेखहरू पढ्दै उनी रोमाञ्चित भइन् ।

उनले पत्रमार्फत आफ्नो अनुभव पनि सार्वजनिक गरिन् र आफू गान्धीको आश्रम जान इच्छुक रहेको जानकारी गराइन् । रक्सी सेवन गर्न छोड्ने, खेती किसानी गर्न सिकाउनेदेखि शाकाहारी बन्नेसम्म मेडेलिनले गान्धीले लेखेका पत्रिका ‘यंग इन्डिया’ पनि पढ्न सुरु गरेकी थिइन् । अक्टोबर १९२५ मा उनी मुम्बई हुँदै अहमदाबाद पुगिन् ।

गान्धीसँग उनको पहिलो भेटका बारेमा मेडेलिनले बताइन् । ‘जब म त्यहाँ पुगेकी थिएँ, मेरो अघि एक दुब्ला पातला व्यक्ति सेतो आसनबाट उठेर म भएतिर आउँदै थिए ।

मलाई थाहा थियो कि ती सेता वस्त्रधारी उनै बाबु थिए । उनीप्रति ममा हर्ष र श्रद्धाको भाव उत्पन्न भएको थियो । मेरो अघि दिव्य प्रकाश मात्रै देखिएको थियो ।

म उनै बाबुको पाउमा झुकेर बसेँ । बाबुले मलाई उठाउँदै भने तिमी मेरी छोरी हौ ।’ मेडेलिन र गान्धीका बीचमा त्यो दिनदेखि एक छुट्टै प्रकारको सम्बन्ध बन्न पुग्यो ।

त्यसपछि मेडेलिनको नाम ‘मिराबेन’ बन्न गयो । आश्रममा मान्छे नीला नागिनी भनेर सम्बोधन गर्थे । आफ्नै कृष्णको गोपी मान्ने नीला माउन्टआबुमा एक स्वामी (धार्मिक गुरु) सँगै बस्थिन् ।

अमेरिकामा जन्मिएकी नीलाको मैसुरका राजकुमारसँग प्रेम बसेको थियो । नीलाले १९३२ सालमा गान्धीलाई बैंगलोरबाट पत्र लेखेकी थिइन् । उक्त पत्रमा उनले समाजमा रहेको छुवाछूतका विरुद्ध भएका कामका बारेमा जानकारी गराएकी थिइन् । उनले त्यसका बारेमा गान्धीलाई पत्रमार्फत सम्पूर्ण जानकारी गराइकी थिइन् । उनीहरूका बीचमा पत्राचारको सिलसिला त्यहीबाट सुरु भएको थियो ।

त्यसको अघिल्लो वर्ष जनवरी १९३३ मा भएको भेटमा नीलाको कुराकानी यरबडा जेलमा गान्धीसँग भएको थियो । गान्धीले नीलालाई साबरमती आश्रममा पठाए । त्यहाँ केही समयपछि उनको नयाँ सदस्यहरूसँग उनलाई असहज महसुस हुन थाल्यो । उनलाई त्यहाँ बस्न कठिन भयो ।

खुला सोच भएकी नीलाका लागि आश्रमजस्तो एकान्त वातावरण बस्न सम्भव थिएन । उनलाई त्यहाँ उकुसमुकुस लाग्न थाल्यो । यत्तिकैमा उनी एक दिन आश्रमबाट भागिन् । त्यसपछि उनी एक दिन वृन्दावनमा भेटिइन् ।

केही समयपछि उनलाई अमेरिका पठाइयो । त्यहाँ गएर उनले इस्लाम धर्म मानिन् र कुरानको अनुवाद गरिन् । उच्च शिक्षा र सभ्य नारीको पहिचान बनाएकी सरला देवीको भाषा, संगीत र लेखनमा गहिरो रुचि थियो । उनी रविन्द्रनाथ टैगोरकी भतिजी पनि थिइन् ।

लाहोरमा गान्धी सरलाको घरमा नै बसेका थिए । यो त्यस वेलाको अवस्था थियो । जति वेला सरलाका स्वतन्त्रता सेनानी पति रामभुज दत्त चौधरी जेलमा बन्दी थिए । दुवैजना एक आपसमा निकै नजिक रहेका थिए । उनीहरूको निकटतालाई महसुस गर्ने आधार उनीहरू आफैले सिर्जना गरेका थिए ।

कारण थियो सरलालाई गान्धी आफ्नो ‘अध्यात्मिक पत्नी’ भन्ने गर्थे । उनको सो भनाइले र व्यवहारका कारण सरला र उनको पतिका बीचमा समेत विवाद बढेको थियो । यससम्बन्धलाई गान्धीले केसम्म पनि भने, ‘आफूहरूको सम्बन्धका कारण सरला र उनको पतिको सम्बन्ध समाप्त हुनै लागेको थियो बल्ल बल्ल बच्यो ।’

यसले पनि उनीहरूको बीचमा कस्तो सम्बन्ध थियो सहजै अनुमान लगाउन सकिन्छ । गान्धी र सरलाले खादीको प्रचारका लागि भारतको यात्रा गरेका थिए । उनीहरूको सम्बन्धका बारेमा गान्धीका निकटका व्यक्तिहरू सबैले थाहा पाएका थिए । अरूलाई आफ्नो वशमा पार्न सक्ने सरलाको क्षमताका कारण गान्धी छिटो समयमा उनको नजिक बनेका थिए ।

केही समयपछि हिमालयमा एकान्तवासका क्रममा सरलाको मृत्यु भयो । गान्धी पक्राउ परेपछि (नमक) सत्याग्रहको नेतृत्व गर्ने जिम्मा सरोजिनी नायडुको काँधमा आयो । सरोजिनी र गान्धीको पहिलो भेट (बेलायत) लन्डनमा भएको थियो । उक्त भेटघाटका बारेमा सरोजिनीले बताएकी छिन्, ‘एउटा होचो कद भएका मान्छे, जसको टाउकोमा कपाल थिएन ।

कम्बल ओढेर, जैतुनको तेलमा बनाएको टमाटर खाँदै थिए । दुनियाँका चर्चित नेतालाई त्यो अवस्थामा म खुसी हुँदै हाँस्न लागेँ । म हाँसेको सुनेर उनले मतिर हेर्दै सोधे, तिमी पक्कै पनि पत्नी नायडु हौ, यति साह्रै अनुशासन नभएकी अरूको हुन सक्ली ? आऊ मसँगै खाना बाँडेर खाऊँ ।’ सरोजिनीले धन्यवाद भन्दै, यो कस्तो तरिका हो यस्तो पनि हुन्छ ?

शाही परिवारसँग सम्बन्ध भएकी वाली राजकुमारी पंजाबको कपुरथलाका राजा सर हरनाम सिंहकी छोरी थिइन् सरोजिनी । राजकुमारी अमृत कौरले बेलायतमा पढेकी थिइन् । रामकुमारी अमृत कौरलाई गान्धीसँग सबैभन्दा नजिक सत्याग्रहका दिन देखिएको थियो । त्यसका लागि राजकुमारीले पनि राम्रो व्यवहार गरेकी थिइन् ।

१९३४ मे महिनामा भएको उनीहरूको पहिलो भेटपछि गान्धी र राजकुमारी अमृत कौरले एक आपसमा सयौँ पत्राचार गरे। नमक सत्याग्रह र १९४२ मे महिनामा भएको भारत छोड आन्दोलनका क्रममा उनी पक्राउ परे र जेलमा गए । स्वतन्त्र भारतको पहिलोे स्वास्थ्य मन्त्री बन्ने अवसर पनि राजकुमारी अमृत कौरले पाइन् ।

गान्धीले राजकुमारी अमृतलाई लेखेको पत्रको सुरुआत ‘मेरी प्यारी पागल र बागी’ बाट गर्थे । अमृतलाई लेख्ने पत्रको अन्त्यमा गान्धी आफूलाई ‘तानाशाह’ लेख्थे । सुशीला प्यारेलालकी बहिनी थिइन्, महादेव देसाइपछि गान्धीको सचिव भएका प्यारेलाल पन्जाबी परिवारका थिए ।

आमाले विरोध गर्दागर्दै पनि ती दाजु बहिनी गान्धी भएको ठाउँमा आउँथे । तर, छोरा छोरीलाई गान्धीको सम्पर्कमा जान रोक्ने आमा पछि गएर गान्धीको समर्थक बनिन् । चिकित्सा शिक्षा हासिल गरेपछि सुशीला गान्धीको निजी डाक्टर बनिन् । मनु र आभासँगै प्रायः जसो गान्धी जसको काँधमा आफ्नो बूढो हात राखेर सहारा लिन्थे त्यसमा सुशीला पनि हुने गर्थिन् ।

भारत छोड आन्दोलका क्रममा उनी कस्तुरबा गान्धीसँगै मुम्बईमा गिरफ्तार भइन् । पुनेमा कस्तुरबा र गान्धीको अन्तिम दिनमा सुशीला उनकै साथमा थिइन् । त्यसका साथै, सुशीला गान्धीलाई गरिएको ब्रम्हाचार्यको प्रयोगमा पनि उनी सहभागी थिइन् । आभाको जन्म बंगालमा भएको थियो । उनको बिहे गान्धीको पनाति कनु गान्धीसँग भएको थियो ।

गान्धीको प्रार्थनासभामा आभा भजन गाउँथिइन् र कनु फोटोग्राफी गर्थे । १९४० को दशकमा महात्मा गान्धीको धेरै तस्बिर कनुले नै खिचेका थिए । आभा खोआखालीमा गान्धीसँगै बसिन् । त्यो समय थियो, जति वेला पूरै भारतमा दंगा भड्किएको थियो । त्यस्तो वेला गान्धी हिन्दू मुस्लिमको बीचमा शान्ति स्थापना गर्ने कोसिसमा लागेका थिए ।

नाथुराम गोड्सेले जतिवेला गान्धीलाई गोली प्रहार गरेका थिए । त्यतिवेला आभा पनि सँगै थिइन् । मनु महात्मा गान्धीको अर्की आफन्त थिइन् । गान्धी मनुलाई आफ्नो नातिनी भन्थे । उनी उमेरले निकै सानी थिइन् । नोआखालीमा बसेको वेला आभाको साथै मनुसँगै थिइन् जसले आफ्नो बाबुको बूढो शरीरलाई काँध थामेर हिँड्थिइन् ।

जुन बाटोमा महात्मा गान्धीका केही विरोधी दिसापिसाव राखिदिएका थिए, उही बाटोमा कुचो समातेर अघि बढ्नेमा गान्धीसँगै अर्को थिइन् मनु र आभा कस्तुरबाको अन्तिम अवस्थामा उनको सेवा गर्नेमा मनुको नाम सबैभन्दा अग्रपंक्तिमा आउने गर्छ ।

मनुले लेखेको डायरी अध्ययन गर्ने हो भने त्यसले गान्धीका निकट पात्र र यसका बारेमा जान्न निकै सहयोग पुर्याउँछ । महात्मा गान्धीको अन्तिम अवस्थाका केही वर्ष कसरी बिते उनलाई कसले कसरी साथ दिएर उनका नजिक को–को महिला थिए भनेर । अझ रोचक त उनको महिलासँगको सम्बन्धका बारेमा पनि जानकारी गर्न सकिन्छ । बिबिसीको सहयोगमा

प्रतिक्रिया