अर्थबजार

पुष्प मेलामा लक्ष्यभन्दा बढी कारोबार

सौर्य अनलाइन २०७५ कार्तिक १९ गते ८:२८ मा प्रकाशित

काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा १८ लाखले बढी कारोबार भएको छ । गत बिहीबारदेखि सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा ४५ लाख कारोबार हुने लक्ष्य लिएको भए पनि ६३ लाखको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए । मेलाको ४३ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए ।

एसोसिएसनका अध्यक्ष श्रेष्ठका अनुसार प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जात फूलका ४८ वटा कक्ष राखिएको थियो । तिहारलाई लक्षित गरी मेलामा गोदावरीका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कटफ्लावर विधालाई समावेश गरिएको थियो । मेलामा मौसमी फूलभन्दा सदाबहार फुल्ने र सबै समयमा प्रयोग हुने सजावटका फूल बढी बिक्री भएको पनि श्रेष्ठले बताए । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने नाराको साथ सुरु भएको मेलामा काठमाडौं उपत्यकाको तीनवटै जिल्लाबाट विभिन्न प्रकारका फूल उत्पादन गर्ने नर्सरीबाट फूल प्रदर्शनीमा राखिएको थियो ।

प्रदेश–३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा सञ्चालन गरिएको मेलामा तिहारमा प्रयोग हुने गोदावरी र सधँैभरि प्रचलनमा ल्याउन सकिने सजावटका फूल राखिएको थियो । पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न यस्ता किसिमका मेलाले टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । २०११ सालदेखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष ०७४÷७५ सम्म आइपुग्दा ४३ जिल्लाको लगभग १ सय ५३ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

बढ्दै गएको सहरीकरणसँगै अहिले यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मखमली र गोदावरी फूलमा भने नेपाल नै पूर्णरूपमा आत्मनिर्भर भइसकेको छ । व्यावसायिकरूपमा पाँच सय प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत जिल्लामा यसको खेती हँुदै आएको छ । गत वर्ष एक अर्ब ८५ करोडको फूलको कारोबार भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय