खोजखबर

भुटानमा बढ्दै आत्महत्याका घटना !

सौर्य अनलाइन २०७५ कार्तिक २० गते ८:२५ मा प्रकाशित

केही वर्ष अघसिम्म भुटानको सामाजिक जीवन मात्रै होइन त्यहाँको बारेमा विश्वका आम मान्छेलाई थाहा थिएन । एक प्रकारले त्यहाँको समाजिक जिवनको बारेमा विश्वका मान्छे अनविज्ञ थिए । त्यस कारण्मा पनि भुटानका मान्छे निकै खुसी र सुखी छन् भन्ने मान्छेको खबुझाइ थियो । उनीहरूका अनुसार भुटान सुखी नागरिकको देश भनेर पहिचान बनाएको थियो । तर, त्यही भुटानमा पछिल्लो समय भन आत्महत्या गर्नेको सख्या भने अप्रत्यासीत बढ्दै छ !

भूटनाका बारेमा खोज पत्रकारिता गर्ने विदेशी पत्रकारहरूले पनि त्यहाँको जनताको सुख र खुसीका बारेमा थाहा पाउँदै आउन थालेका छन् । भौगोलीक र पर्यावरणको बिषयमा विश्वले भुटानको उदाहरण लिन थालेका छन् । तर, यसो भनिरहँदा त्यहाँका जनतामा समस्या, मानसिक चिन्ता, दिक्दारी र नैरश्यताबाट भने जनता मुक्त छन् भन्न सकिने अवस्था छैन ।

भुटानको राजधानी थिम्पुस्थित नेशनल रेफर अस्पतालको तथ्यांक अनुसार त्यहाँ तनाव, नैरश्यता र मनका अनेक प्रकारका दुःख भएका कारण मानसिक बिरामीको संख्या निकै धेरै छ । भुटानले जारी गर्ने वार्षीक स्वास्थ्य समाचारको तथ्यांकअनुसार सन २०१७ मा मात्रै मानसिक समस्यका कारण बिरामी हुनेको संख्या ४२०० पुगेको थियो । यस्तै आत्महत्याका बारेमा उक्त देश अब विश्वमा अपरिचित हैन ।

त्यहाँ हरेक वर्ष आत्महत्या गर्नेको संख्यामा बृद्धि हुँदै आएको छ । तथ्यांक अनुसार विकसित देशहरूमा जस्तो यहाँ आत्महत्या गर्नेको संख्यामा हजारौँ भने छैन । तर, भुटानको जनसंख्याको आधारमा भने त्यो संख्या कम होइन । निकै धेरै हो ।

भुटान मू्श्किलले १० लाख जनसंख्या भएको देश हो । यदि यति थोरै जनसंख्या भएको देशका नागरिकले दैनिक सयौँको संख्यामा आत्महत्या गर्न थाले भनेको यहाँको जनसंख्या कति पुग्न चिन्ता हुन थालेको छ । भुटानमा आत्महत्याका घटना जुनढंगले दर्ता भइरहेको छ त्यसैबाट अनुमान लगाउन सकिन्छ कि मान्छेमा कति तनाव छ मानसिक चिन्ता छ भन्ने । आत्यमहत्याका कारण यस्तै यस्तै समस्या हुने गरेको विज्ञहरूको भनाइ छ ।

‘द विकास’को एक रिपोर्टअनुसार यस देश भरी मात्रै चारजना मनोचिकित्सक छन् । अरू कोही पनि मनोवैज्ञानिक भुटानमा छैनन् । त्यही रिपोर्टमा उल्लेख गरिएको छ । तालिम प्राप्त केही व्यक्तिहरू पनि राजधानीमा मात्रै सीमित छन् । यसको साथै भएका चार चिकित्सक पनि थुम्पूकै केिन्द्रत छन् ।

पछिल्लो दिनमा भुटान सरकारले मानसिक उपचार र त्यससम्बन्धी जन चेतना फैलाउन भनेर बजेट बढाएको छ । यसले सरकारको ध्यान त्यतातिर जाँदै छ भन्ने देखाउँछ । भुटानको स्वास्थ्य मन्त्रालयले अगिल्लो पाँच वर्षका लागि मानसिक स्वास्थ्यका लागि भनेर ६ करोड रूपैयाँ छुट्याएको छ । बजेट बिनियोजन गर्दै उसले भनेको छ । भुटानमा मानसिक स्वास्थ्य सेवाका साथै शिक्षा र जागरुकताका लागि धेरै काम गर्नु आवश्यक छ ।

उक्त रिपोर्टमा उल्लेख गरिए अनुसार भुटानको अर्को पनि समस्या छ, भाषाको । भुटानको राष्ट्रिय भाषा (जोका) हो । तर सबै नागरिकले त्यही भाषा मात्रै बोल्दैनन् । अन्य भाषा पनि चलन चल्तिमा चली आएको छ । कतीपयको टिप्पणी छ बोली र भाषाका कारण पनि मानसिक बिरामी वा उनको अवस्थाका बारेमा बुझन क्षमता अहिलेको चिकित्सक वा त्यो क्षेत्रमा काम गर्नेसँग छैन । उनीहरू त्यस बारेमा पूर्ण रूपमा पोख्त नभएको उनीहरूको भनाइ छ ।

द विकासका तर्फबाट दुई मनोचिकित्सकलाई भनिएको छ कि उनको भाषामा मानसिक स्वास्थ्यका लागि प्रयाप्त शब्दावली छैन । मनोचिकित्साका क्षेत्रमा भुटानमा काम सुरु भएको मात्रै दुइ दशक भयो । त्यस अघि राजधानमै बस्ने नागरिकले पनि उक्त सुविधा पाएका थिएनन् । तर, अहिले पनि ग्रामीण इलाका नागरिक उक्त सुविधाबाट बञ्चित छन् भने राजधानीकै जनताले पनि प्रयाप्त सुविधा पाउन सकेका छैनन् ।

मानसिक रोगका सिकार भएका धेरै जसो भुटानी नागरिकमा पागल पान देखिएको छ । भुटानमा पालगपनलाई एक कलंकको रूपमा हेर्ने गरिन्छ । सायद भुटानमा कहिल्यै मानसिक बिरामीका बारेमा छलफल, बहस वा कुनै अभियान हुने गरेको छैन । यस बारेमा मान्छे बोल्न नपरे हुन्थ्यो भन्ने ठान्छन् । तर, यस समस्यालाई एक संस्थाले नवौं नम्बरमा राखेको छ ।

भुटानमा मानसिक स्वास्थ्यको चिन्ता स्वास्थ्य मन्त्रालयले २०१४ मा तयार पारेको आत्महत्याको संख्या पछि देखिएको छ । अघिल्लो सरकारमा स्वास्थ्य मन्त्रालयले आत्महत्यालाई रोक्नका लागि एक तीन वर्षीय योजना पनि बनाएको थियो । त्यसको नाम थियो, राष्ट्रिय आत्महत्या विवेंशन कार्यक्रम (एनएसपीपी) । भुटानमा आत्महत्यालाई रोक्नका लागि अहिलेसम्म कुनै पनि हेल्पलाइन नम्बर छैन ।

भुटानमा आफ्नै कैँयौँ मौलिक र धार्मिक विषेशताहरू छन् । यो बौद्ध धर्मावलीहरूको देश हो । यहाँको संविधानमा देशको प्रगतीको कारण त्यहाँको खुसियाली प्रमुख भएको भनि उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार सबै भन्दा बढी नागरिक आत्महत्या गर्ने देशको सूचीमा भुटान २१ नम्बरमा पर्छ ।

एक अनलाइन समाचारमा भुटानका पहिलो मनोचिकित्सक चेंचो दोरजीले भनेका छन्, ‘भुटानीहरूमा मानसिक तनाव वा समस्या हुनुमा पहिलो कारण उसको परिवार वा समुदायसँग सम्बन्ध बिग्रनु हो ।’ भुटानको नगरिकमा पनि परिवर्तन आएको छ । मान्छे आफन्त र परिवारसँग भन्दा माबाइल वा सोसल मिडियामा समय बिताउन थालेका छन् ।

यसले परिवार भित्र को के गर्दै छ थाहा हुँदैन जति बेला थाहा हुन्छ त्यति बेला समस्या निकै बढेको हुन्छ । परिवार र आफ्न्त भावनात्मक रूपमा टाढा हुँदा यस्ता समस्या देखिन्छन् । परिवारका सदस्यमा मानसिक रोगले ग्रस्त बनाएपछि थाहा हुने र अस्पताल लग्दा समय बितेको हुन्छ ।’ त्यती बेला उपचार जटिल हुने गरेको उनले बताएका छन् ।

डाक्टर चेंचो दोरजीले भनेका छन्, ‘अहिले पनि भुटानको समाज कयौं बिषयमा मध्यकालीन युगमा नै छ । यहाँ बस्तु विनियमय प्रणाली अहिले लोकप्रिय छ । १९६० को दशकको सुरुवातमा भुटानका राजाले बन्द अवस्थामा रहेको देशलाई खुल्ला बनाउने निर्णय गरेका थिए । भुटानमा आधुनिकता त्यही बेलादेखि सुरु भएको हो । धेरै भुटानी अहिले त्यही कपडा लगाउँछन् जुन १७ औं शताब्दीमा पनि त्यही लगाउने गरिन्थ्यो । तर, अब भुटानमा मान्छे टी सर्ट र मिनि स्कर्ट पनि लगाउन थालेका छन ।’

बिजनेसवीक मैगजीनले २००६ म भुटान विश्वको सबैभन्दा खुसी देशमा पर्ने आठौं देश भनेको थियो । संयुक्त राष्ट्रसंघले भुटानको कयौं बिषयमा प्रशंसा गरेको छ । यद्यपी भुटानको अर्को अवस्था यो पनि छ की नागरिकको आम्दानी कम छ र विदेशी ऋण भने बढीरहेको छ ।
९० को दशकमा नेपाली मूलका करीब एक लाख मान्छेलाइ त्यहाँबाट निकालिएकोमा भुटानको तिब्र आलोचना भएको थियो । यस बारेमा भुटानले बचाउ गर्दै भनेको थियो की उनीहरू मध्ये धेरै अन्य मूलुकबाट आएका अप्रवासी (अबादी) भएको डर छ ।

दोरजी भन्छन्, १९९९ देखि ५३०० मान्छे मानसिक चिन्ता र रोगी छन् यस्तै प्रकारका रोग लागेका मान्छे अरू पनि छन् । दोरजीले भनेका छन्, ‘मनोरोगीहरूको उपचारका लागि एक मात्रै विभाग छ । तर, बिरामीको संख्या हरेक दिन बढ्दै छ । लागू औसतको कूलत, बढ्दो शहरी करण र बेरोजगारीका कारण मान्छेमा यस्ता समस्या देखिएका हुन, ।’

चेंचोलाई १९९९ मा भुटानाको पहिलो मनोचिकित्सकका रूपमा नियुक्ति गरिएको हो । १९९९ मा उनले १५१ रोगीको उपचार गरेका थिए । त्यस पछिका वर्षमा त्यो संख्या तीन गुणले बृद्धि भएर गयो । भुटानबाट प्रकासित हुने पत्रिकामा छापिएका सामाचार अनुसार १९१२ मा ७६ जना मान्छेले आत्महत्या गरें । त्यसको कारण पनि मानसिक समस्या नै भएको उनको भनाइ छ । ५४ वर्षका चेंचोसँग करिब १० लाख जनसंख्या भएको देशका सबै मनोरोगीको उपचार गर्ने जिम्मेवारी छ ।

चेंचोले २००५ मा आफ्नो एक अनुसंन्धान गरिएको रिपोर्टमा लेखेका छन्, ‘रक्सी पिउनु भुटानी संस्कृति जस्तै छ । बौद्ध परम्परामा पनि रक्सी सामान्य मानिन्छ । यहाँका मान्छे रक्सी आफ्नै घरमा बनाउँछन् । तर, स्वदेशी वा विदेशी रक्सी पिउनेहरू पनि छन् । रक्सी पिउने मान्छेको ल तबनेको छ । यहाँ रक्सी सकै भन्दा सहज पाइन्छ ।’

विदेशमा अध्यन गरेर स्वदेश फर्कने भुटानीमा लागू औषधको प्रयोग निकै बढेको छ । १९८१ मा मात्रै पहिलो पटक लागुऔषधको केश प्रहरीमा दर्ता भएको थियो । त्यसअघि सो बारेमा कहीँ कतै उजुरी वा मुद्दा दर्ता भएका थिएनन् ।

भुटान लामो समयदेखि विश्वका अन्य देशसँग निकट सम्पर्कमा नरहेको देश हो । तर, हलिे भुटानले विश्वका लागि आफ्नो देशको ढोका खोलेको छ । त्यसकारण पनि आजको भुटानमा के हुँदैछ विश्वले जान्दै छ । अहिले भुटानमा हुने सबै जसो परिवर्तन र त्यहाँका जनताका जीवनशैली विश्वले बुझदै छ र यसबारेमा विश्वको चासो पनि बढ्ने गरेको छ । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय