खोजखबर

शंखधर शाख्वा : न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

सौर्य अनलाइन २०७५ कार्तिक २२ गते ११:४० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् । नेपाल संवत ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उनको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

नेपाल संवत प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै शंखधर शाख्वाःले ११३९ वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए । त्यही बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ, ”प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवतले हामीलाई झक्झक्याउदै आएको बताएका छन् । शंखधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उनि शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने नेपाल संवतका प्रवर्तक समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय