मत-विमत

नेताप्रति किन घृणा ?

विनोद त्रिपाठी २०७५ मंसिर २ गते ८:१२ मा प्रकाशित

विनोद त्रिपाठी

गत वर्षको एक दिन । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्र्युडेउ राजधानी टोरोन्टोको सडकमा हिँडिरहेका थिए । केही बटुवाले उनलाई पछ्याए । सेल्फी खिचे । जस्टिन मुसुक्क मुस्कुराए । तस्बिर सामाजिक संजालमा फैलिए । वाह, नाइस, डाइनामिक व्यक्तित्व । यस्तै प्रतिक्रिया हामीले देख्यौँ । कसैले पनि किन बुर्कुसी मारेको भनेनन् । वा धारे हात लाएनन् ।

यो साताको एक दिन । पुर्ब माओबादी कमाण्डर तथा बर्तमान कम्युनिष्ट अध्यक्ष पुष्पकमल दाहाल म्याग्दीको तातोपानी पुगे । पोखरीमा डुबुल्की मारे । संगै अर्का नेता रामबहादुर थापा पनि चोबलिए । सामाजिक संजालका नेपाली प्रयोगकर्ता बिच एउटा अद्भुत घृणा फैलियो । एकाधले पनि सम्मान देखाएनन् । दाहाल पत्नी सीता उपचारको लागि तातोपानीमा नुहाउन गएको थाहा हुँदा हुँदै पनि तस्विरहरूमा घृणा फैलिरह्यो । सीता दाहाल गंभिर प्रकृतिको रोगबाट बिरामी छिन् । छोरा प्रकाशको मृत्युपछि उनलाई रोगले गलायो । थलायो । उनको उपचारमा सबै उपाय गरियो । बिदेश लगियो । कसैले सल्लाह दियो, तातोपानीमा नुहाएपछि ठिक हुन्छ

। सीताले भनिरहिन्, तातोपानी नुहाउन जाम न । पुष्पकमलले हार्न सकेनन् । सीताको उपचारका लागि उनि त्यहा पुगे । प्राकृतिक निदान सीताको इच्छा थियो । श्रीमान पुष्पकमल छोराको मृत्युपछि र श्रीमतीको बेहाल अबस्थालाई सम्हालिरहेका छन् । पीडा र शोक दुवैमा आहत छ दाहाल परिवार ।

माओले सन् १९४९ सेप्टेम्बर २१ का दिन चीनलाई गणतन्त्र मात्र घोषणा गरेनन्, गैरकम्युनिस्ट –भूतपूर्व कोमिन्तांग) समूहलाई पनि मिलाए । यो घोषणाको १० दिनपछि अर्थात् अक्टोबर १ पछि चीन गणतन्त्र शासन व्यवस्थामा प्रवेश गर्यो । माओले सधैँ भन्ने गर्थे, ‘क्रान्ति फूलहरुको गुच्छा होइन, अघाएका मनहरूको माला हो ।’

यो बास्तविकता बिच पनि किन घृणा फैलियो ? किन संवेदनहिन बन्यो समाज ? न पुष्पकमल सोच्न भ्याएका छन् । न आसेपासेले उचित ज्ञान भरिदिएका छन् । गत बर्ष प्रसाई थरका एक मेडिकल माफियाको घरमा दाहाल र केपी ओलीले मार्सी चामलको भात खाएको तस्विर संभवत सबैभन्दा धेरै फैलियो । त्यसपछि, घृणाको लहर नेताहरू जहाँ गएपनि जे गरेपनि फैलिंदै गयो । मन्दिर, मसानघाट, घर, कार्यालय, कार्यक्रम जहाँ पुगेपनि फैलिन रोकिएन । यति मात्र घृणा जागृत भएन । बिरामी परेर उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीको समाचारप्रति समाज पुरै कठोर संवेदनहिन बनिदियो । बिज्ञप्ति नै निकालेर भन्नुपर्यो, ‘बिरामी छु, निको भइरहेछु, गलत हल्ला नगर ।’

कम्युनिष्टको पाइला पछ्याएका नेपालका कम्युनिष्टलाई उत्तरको छिमेकी कम्युनिष्ट मुलुकको स्मरण गराऔं । १९४९ अक्टोबर १ का दिन चीनमा गणतन्त्र स्थापना भयो । १९११ सम्म बिभिन्न राजाहरूको शासन चल्दै थियो चीनमा । त्यसपछि मन्चु बंश राजाको शासनका बेला चलेका बिभिन्न युद्धले चीनलाई तहसनहस गर्यो । राजधानी पेकिङमा सबैधानिक अधिकार लागु गर्दा सन्यातसेनले भनेका थिए, ‘यो राजनीति क्रान्ति एउटा अंश हो, बिकासको क्रान्तिले हाम्रो लक्ष्य पुरा गर्नेछ ।’

माओले सन १९४९ सेप्टेम्बर २१ का दिन चीनलाई गणतन्त्र मात्र घोषणा गरेनन्, गैरकम्युनिष्ट (भुतपुर्व कोमिन्तांग ) समुहलाई पनि मिलाए । यो घोषणाको १० दिनपछि अर्थात अक्टोबर १ पछि चीन गणतन्त्र शासन ब्यबस्थामा प्रबेश गर्यो । माओले सधैं भन्ने गर्थे, ’क्रान्ति फुलहरूको गुच्छा होइन, अघाएका मनहरूको माला हो ।’ अर्थात कुनै जनता भोकै नबसुन ।

चीनमा आधुनिक क्रान्ति साम्यबाद ल्याउन डा. सन्यात सेन, तुंगमेंग हुई, माओ, चाउ–एन–लाइ, जनरल पेंग, होलुंग (रविन हुड), चुतेह लगायतको मुख्य भुमिका थियो । १९८२ सम्म चीनले युद्धमा परेका शहिद, घाइते, आर्थिक कमजोर र बिपन्न परिवारलाई उठाउने नीति लियो । यो अबधीमा नीजिकरण भन्दा जनताको सामुहिक समस्यालाई प्राथमिकतामा राखेर सरकारले अर्थतन्त्रलाई बलियो बनाउँदै लग्यो ।

युद्धबाट पिल्सिएकाहरूले सबै पीडा भुल्न थाले । १९९० पछि नीजिकरणले प्राथमिकता पाउन थाल्यो । जनताले सजिलै सस्तो मुल्यमा सामान पाउन् भन्ने चिनिया कम्युनिष्टले पहिलो नीति बनायो । नेताहरूको त्यहि त्याग र इमान्दार राजनीतिको प्रतिफलले आज चीन आर्थिक बिकास र उच्चस्तर जिवनशैलीका कारण बिश्वमै अग्रस्थानमा छ ।

अब नेपालका कम्युनिष्ट नेतातिर फर्कौं । बारीमा फलेको फर्सीसंग पाखोमा उब्जिएको कोदोको ढिंडो खाएर हुर्केको दाहाल परिवार हो । कास्कीको ढिकुरपोखरीमा खानै नपुगेपछि पिता मुक्तिराम दाहालले पुष्पकमल सहितका लालाबालालाई काखी च्यापेर चितवन सरेका हुन् । यहि भोगेर जनताका दुख देखेर तन्नेरी पुष्पकमल राजनीतिमा होमिए । उनको इतिहासका कथातिर नलागौं ।

पुष्पकमल नेतृत्वमा १७ हजार नागरिकले ज्यान गुमाए । दश लाख बढि जनता अपांग भए । पुष्पकमलकै युद्धले ५० लाख कुनै न कुनै रूपमा बिस्थापित भए । दाहालले चलाएको नरसंहार युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष करोड बढि जनता पीडित भए । यिनै मृत्युवरण गरेका परिवारका सदस्य सामाजिक संजालमा ज्युँदैछन् । कथित जनयुद्धका नाममा घाइते हुनेहरू फेसबुक र ट्वीटरमा घोत्लिरहेका छन् ।

दाहालले चलाएको युद्धबाट लखेटिएका, भगाइएका, तर्साइएका, सताइएका नागरिकहरू सामाजिक संजाल मार्फत दाहालहरूका गतिबिधी नियालिरहेका छन् । अनि, यी लाखौं पीडितहरूका पीडाका स्वरहरू फुत्त बाहिर आउँछन् । चित्कार ओकल्छन् । रोदनहरू बौरिन्छन् । बिछोडका क्षणहरू फैलिन्छन् । किनकी, सामाजिक संजालमा पोखिएका शब्दहरू दाहालको युद्धमा परेर बँचेका चित्कार, रोदन र बिछोडका आवाजहरू हुन् ।

जनताले उत्तर खोजिरहेका छन्, तिम्रो क्रान्तिले के दियो ? खान नपुगेर बिदेशिने दिन । शुल्क तिर्न नसकेर पढाई छोड्नुपर्ने दिन । सडकका धुलो र हिलोले पोतिएर घर पुग्नुपर्ने दिन । महंगीको राप र तापले पोलिने दिन । बिचौलिया र गुण्डागर्दीको अराजकता सहनुपर्ने दिन । बालुवाटारमा भोजभतेर भोको पेटले हेर्नुपर्ने दिन । कस्तो दिनको फल दियो तिम्रो क्रान्तिले ? जनताले यो जवाफ सामाजिक संजालमा खोजेका हुन् ।

म्याग्दीको त्यहि भुमि हो, जहाँ २०६० साल चैत ६ गते म्याग्देली जनता कम्युनिष्ट गोली बारुदबाट चिच्याइरहेका थिए । दाहालले चलाएको युद्धबाट बेनी आक्रमण भएको थियो । यो पक्तिकार बागलुङबाट हिंडेर वेनी आक्रमणको समाचार लिन गएको थियो । बागलुङका साथीहरू हरिनारायण गौतम, रामबहादुर जिसी सहितको समुहसंगै वेनी पुगेका थियौं ।

तत्कालिन माओबादीले आक्रमण गर्दा सुरक्षाकर्मी मात्र मारिएनन्, घरमा सुतिरहेका कयौं सर्बसाधारण मारिए । यो पंक्तिकार दाहाल नेतृत्वले चलाएको वेनी नरसंहारको प्रत्यक्षदर्शी हो । राष्ट्रिय मिडियामा त्यो चित्कार समाचार मैले नै लेखेको थिएं । यो लेखमा युद्धका घाउ कोट्याउन खोजिएको होइन । त्यतिबेलाको युद्ध कर्मले दिन थालेको फलका बारेमा संकेत गरिएको मात्र हो ।

त्यहि वेनी हो, जहाँ माओबादी आक्रमणले रोइरहेको थलो हो । दाहालहरू कुनै दिन माफी माग्न त्यहाँ पुगेनन् । शान्ति स्थापनापछि सहानुभतिका दुई शब्द लिएर दाहाल म्याग्दी जान आँट गरेनन् । दाहालको त्यो संवेदनहिन ब्यबहार आज जनताबाट प्रतित्युतर बनेर फर्किरहेको छ ।

दाहालका मार्गदर्शक माओले भनेका थिए, ‘क्रान्तिपछि कुनै जनता भोकै नमरुन ।’ तर, दाहालले आफ्नै मार्गदर्शकको शिक्षा बिर्सिए । माओबादी युद्ध सकिएको १३ बर्ष नाघिसक्यो । दाहालहरूले जर्बजस्ती युद्धमा होमाइएका बाल लडाकु लेनिन बिष्टहरू आज तन्नेरी बनेर युद्धको पीडा पोखिरहेका छन् । दाहाल नेतृत्वको माओबादी युद्धले मार्न र मर्न मात्र सिकायो । तर, बाँच्न र बँचाउन सिकाएन । त्यसैको परिणती आज समाज कठोर बन्दै गएको हो ।

०४६ सालदेखि नै राजनीतिले बिकासको कोर्ष लिन सकेन । कांग्रेसको नेतृत्व सरकार संचालनमा असफल सिद्ध बनिसकेको थियो । फलस्वरूप कम्युनिष्ट हावी हुनु स्वभाविक हो । शान्तिपुर्ण बाटोबाट तत्कालिन एमाले र युद्ध मार्फत माओबादीले कम्युनिष्टको नेतृत्व गरे । आज त्यो जनतासंग गरेका अभिलासा पुरा भएका छन् । दुई तिहाई शक्तिको सरकार छ । सरकारको गति शुन्य छ । यो घडीमा नेताहरूका अनुहार जनताका लागि आर्कषक बन्न सकेनन् । माथि भनिए झैं क्यानाडाका प्रधानमन्त्री जस्टिन जसरी प्रशंसित हुन सक्नुपथ्र्यो ।

तर, बिडम्बना उपचार गराएका तस्विरहरूमा उपहास आउन थालेको छ । नेताहरू जनताबाट त्यतिबेला उपहासमा पर्छन्, जतिबेला क्रान्तिका उपलब्धीहरूबाट नेताकै भुँडी भरिएका हुन्छन् । जनताका भुँडी खान नपाएर ख्याउटे बनेपछि बडेमानका भुँडी देख्दा जनताका मन पोल्छ । अनि जनता बोल्छ । आज जनता नेताका ब्यबहार र चरित्रबाट पोलिएका छन् । यो पोलाई सामाजिक संजालमा घृणा बनेर पोखिएको छ ।

जनताका यी आक्रोषहरू त्यसै थामिने छैनन् । यसको उचित निदान भनेको एउटै उपाय हो, नेताहरू बदलिनुपर्छ । दाहालहरू ढिकुरपोखरीको खरको झुप्रोमा फर्कन सक्नुपर्छ । महलमा बस्ने हो भने सबै जनतालाईसंगै महलमा राख्न सक्नुपर्छ । जनता यो भनिरहेका छैनन्, फेरि झुप्रोमा फर्काउ । जनता भनिरहेका छन्, तिमी महलमा बस्छौ भने हामीलाई पनि महलमा बस्ने अधिकार किन छैन ?

यहाँ दाहाल प्रतिनिधी पात्र हुन् भन्ने हामीले बिर्सन हुँदैन । अहिले दाहाल मात्र होइन, ओली, देउवा वा नेपाल सबै नेताहरू प्रति जनता वाक्क भएका छन् । जनता निराश छन् । यो निराशालाई आशामा बदल्न नेताहरू स्वंय बदलिनुपर्छ । अनि मात्र सामाजिक संजालमा पोखिएका घृणाका स्वरहरू मत्थर हुँदै जानेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय