अन्तर्वार्ता

‘दलाई लामा’ नबन्नुस् मुख्यमन्त्रीज्यू

सौर्य अनलाइन २०७५ मंसिर ५ गते ८:३८ मा प्रकाशित

प्रदेश–३ का निवर्तमान भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरे । पदीय दायित्व पूरा नगरेको, मुख्यमन्त्री हटाउन चलखेल गरेको जस्ता आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गरियो । केही समय अघिदेखि मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई विभिन्न एजेन्सीनिकट रहेको आरोप लागाउँदै आएका थिए । प्रदेशको मुख्यमन्त्रीका दाबेदारसमेत रहेका स्थापित प्रदेश सरकारमा मुख्यमन्त्रीपछि वरीयतामा दोस्रो नम्बरमा थिए । मन्त्रीबाट हटाइएपछि केहीसमय मौन रहेका स्थापितसँग यसै सेरोफेरोमा सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

मुख्यमन्त्रीसँग किन विवाद भयो ? कारण के हो
–म रहेको प्रदेश सरकारको अन्तिम बैठकको बिहान मुख्यमन्त्रीसँग भेट गरेको थिएँ । उहाँसँग दुई घण्टाभन्दा बढी समय कुराकानी भयो । मैले उहाँलाई प्रदेश–३ मा पर्ने रसुवा बाहेकका १२ जिल्लामा गर्न सकिने विभिन्न एकसय एक कार्यक्रमका बारेमा जानकारी गराएँ । त्यो काम गर्ने र पुस १ गते हेटौँडामा प्रधानमन्त्री एवं पार्टीका दुवै अध्यक्षलाई सहभागी गराएर महाफेस्टिबल गर्ने भनेँ ।

त्यसलाई ‘मकवानपुर समिट’को नाम दिनेसम्म भनेँ । १०१ कार्यक्रम रहे पनि हेटाैँडा बजारमा ४० वर्षदेखि रहेको सडकको समस्या समाधान गर्न जनतालाई आफैँ घर भत्काउन लागउने । ‘आफ्नो घर आफैँ भत्काऊँ, आफ्नो सहर आफैँ बनाऊँ’ भन्ने शीर्षक राख्ने जानकारी गराएँ । त्यसका लागि राप्तीदेखि बस्तीपुर हर्नामाडी राई गाउँसम्मको सडक बनाउने भनेँ ।

कामका सबै शीर्षक उहाँलाई पेश गरेँ हेटौँडा हुँदै अन्य जिल्लाको योजना सुनाएँ । ती कामका लागि करिब २७ अर्बको टेन्डर हुने जानकारी गराएँ । त्यसका लागि कति कति बेला टेन्डर गर्ने उपयुक्त हुन्छसमेत बताएँ । काम के के गर्ने कसरी गर्ने र टेन्डरका बारेमा सबै जानकारी गराएको थिएँ ।

मेरो सबै कुरा सुनेपछि उहाँले भन्नुभयो, तपाईं कार्यालय बस्नुहुँदैन, तपाईंको काम गर्ने शैली ठीक भएन, प्रस्तुति पनि राम्रो रहेन र मन्त्रीहरू तपाईंसँग रिसाएका छन् । मैले भनेँ म यति धेरै कामका विवरण सुनाउँदै छु उहाँ बेवास्ता गर्दै पूर्वाग्रही रूपमा तपाईंको काम शून्य छ भन्न थाल्नुभयो । मैले भनेँ म खर्बौंको योजना पेस गर्दै छु यो सबै काम तपाईंको कार्यकालमा हुने हो । त्यसको जस पनि तपाईंले लिने हो भनेँ । उहाँले सुन्नुभएन ।

अरू के भन्नुभयो ?
–त्यो भेटमा उहाँले मलाई आरोप लागाउने काम मात्रै गर्नुभयो । उहाँले भन्नुभयो तपाईं जिल्ला जिल्लामा गएर सिडियो एसपीसँग भेट गर्ने जनतालाई सपना बाँड्ने र ठूला ठूला योजनाका कुरा किन गर्नुहुन्छ ? उहाँको गम्भीर आरोप भनेको प्रदेश सांसदसँग मिलेर मेरो विरुद्धमा किन लागेको भन्ने थियो ।

प्रदेशको मुख्यमन्त्री बन्छु भन्दै किन हिँडेको भन्नुभयो । मलै उहाँलाई भनेँ चिन्ता नलिनुस् म तपाईंलाई पाँच वर्ष ढुक्कले बोक्छु । यस्तो सानो चित्त नगर्नुस् । उहाँको अर्को ठूलो गुनासो भनेको राजधानी सार्नका लागि किन नेता गिरी गरेको भन्ने थियो । राजधानी सार्ने सवालमा पहिला मैले कुरा गरेको थिएँ । तर, प्रधानमन्त्री केपी ओलीले यो कुरा अहिले नगर्नुस् भने पछि मैले बोल्न छोडेको हुँ । यो विषयमा तपाईंले पनि बोल्ने होइन मैले पनि बोल्ने होइन यसको नेतृत्व मैले गरेको छैन भने ।

तपाईं त त्यो मन्त्रिपरिषद्को बैठकमा जान पनि चाहनुभएको थिएन रे हो ?
–हो मैले उहाँलाई आजको मन्त्रिपरिषद् बैठकमा म आउदिनँ, मेरो विषय पनि छैन । चीन भ्रमणका लागि केही तयारी गर्नुरहेकोले बैठकमा आउन नसक्ने भेटमा जानकारी गराएँ । तर, उहाँले कहाँ हुन्छ । तपाईं बैठकमा आउनुपर्छ । सबै मन्त्री तपाईंसँग रिसाएका छन् चित्त बुझाएर जानु भने । मैले तीन पटकसम्म आउन सक्दिनँ भनेन् । उहाँले मुख्यमन्त्रीले भनेपछि आउनुपर्छ भनेर कर गर्नुभयो र म बैठकमा गएँ ।

बैठकमा भएको के थियो ?
–बैठकमा सहरी विकास बोर्ड लगायतका विषयमा दुई घण्टा छलफल भयो । बैठक चलिरहँदा पनि पटक–पटक मैले निस्कन अनुमति मागिरहेँ । उनले बस्न भने म बसिरहँे । बैठक सकियो त्यसपछि मैले म केही कुरा राख्छु भनँे । सामान्य रूपमा भनेँ, मसँग मन्त्रीज्यूहरू साह्रै रिसाउनुभएको छ रे, म जिल्ला जिल्लामा तपाईंहरूसँग घुमेर मुख्यमन्त्रीज्यूलाई अपदस्त गरी आफैँ मुख्यमन्त्री हुन खाजेको छु रे त्यस्तै राजधानी सार्ने प्रकरणमा पनि मैले लबिङ गरेँ रे ।

यो विषयमा तपाईंहरू मसँग आगो हुनुभएको छ रे भनेँ । त्यसपछि एक मन्त्रीले खै मेरो जिज्लामा तपाईं जाँदा त सामान्य थियो त्यस्तो केही भएन भन्नुभयो । अरू मन्त्रीलाई पनि एक–एक गरेर सोधेँ कसैले केही समस्या छैन भने । मैले बैठकमा एउटा खाम लिएर गएको थिएँ ।

त्यसमा साढे चार अर्बको योजनाको (म्याट्रेस) ढाँचा बनाएको थिएँ । त्यसमा सबै कुरा खुलाएको थिएँ । करिब १०० वटा कामको योजनाको प्याकेज बनाएर लगेको थिएँ । उहाँले पनि २० करोडको एउटा योजनाको कार्याविधि ल्याउनुभएको थियो । त्यसको कुनै संरचना योजना थिएन । अनि मैले भनेँ मेरो १३ अर्बको योजना चाहिँ शून्य प्रतिशत भन्ने तपाईं चाहिँ बिना योजनाका २० करोडको योजना ल्याउने भनेँ ।

यो काम तपाईंको होइन मेरो हो भनेँ । उहाँ आक्रोशित हुँदै कागजको खोस्टा ल्याएर योजना हुन्छ ? जिल्ला जिल्लामा मलाई अपदस्त गर्छु भन्दै हिँड्ने, राजधानी सार्न खोज्ने भन्न थाल्नुभयो । उहाँको आवाज मसिनो तर गम्भीर थियो । त्यसपछि मैले भनेँ ‘दलाई लामा’ नबन्नुस् तपाईंले जे भने पनि हुन्छ ? सबै कामको मिलेर जस अपजस लिनुपर्छ, तपाईंको चेतना मुख्यमन्त्रीको होइन, हेटौँडाको मात्रै रहेछ मकवानपुरसम्म पनि रहेनछ ।

करिब १०० वटा कामको योजनाको प्याकेज बनाएर लगेको थिएँ । उहाँले पनि २० करोडको एउटा योजनाको कार्याविधि ल्याउनुभएको थियो । त्यसको कुनै संरचना योजना थिएन । अनि मैले भनेँ मेरो १३ अर्बको योजना चाहिँ शून्य प्रतिशत भन्ने तपाईं चाहिँ बिना योजनाका २० करोडको योजना ल्याउने भनेँ

तपाईंले गर्न खोजेको कामको विरोध गर्नाको कारण के होला ?
–उहाँको आसय म हेटौँडामा कार्यालयमा मात्रै बस्न पर्छ भन्ने रह्यो । मैले जिल्ला जिल्लामा गएर कामको योजना बनाएँ । बैठकमा पनि उहाँका अघि योजनाका खाम पछारेको हो मैले तपाईंको आँखामा फुलो परेको छ ? यो पढनुस् अनि थाहा हुन्छ । कुरा पनि नसुन्ने हेर्दा पनि नहेर्ने त्यत्तिकै अरूलाई आरोप लगाउन पाइन्छ । मैले २७ अर्बको लिखित रूपमा योजनासहित पेस गरेपछि कामले गर्दा मेरो लोप्रियता बढ्ने भो भन्ने उहाँलाई डर थियो ।

तपाईंसँग मुख्यमन्त्रीको विवादको विषय त्यति मात्रै हो कि अरू पनि हुनक्छ ?
–प्रदेश सरकार बन्नुपूर्व सरकारको नेतृव कसले गर्ने भन्ने विषयमा सबैका आ–आफ्ना दाबी थिए । मैले पनि मुख्यमन्त्रीको दाबी गरेको हुँ । पार्टीको मुख्य नेतृत्व सहितको एउटा बैठकमा केही साथीहरूले दाबी गरे । मैले पनि गरेँ । डोरमणिजीले सबैको साथ पाए म गर्छु भन्नुभयो । एक दिन अघिसम्म उहाँको दाबी थिएन ।

केहीदिन अघि उहाँले भौतिक पूर्वाधारमन्त्री चाहिँ मलाई चाहिन्छ है भनेर मकहाँ मान्छे पठाउनुभएको थियो । उहाँले परिबन्धले पाएको मुख्यमन्त्रीको पद हो । नेतृत्वले उहाँलाई तपाईंको उमेर कति भनी सोध्यो, उहाँले ७२ भन्नुभयो, ए ल १ देखि डेढ वर्षका लागि तपार्इं मुख्यमन्त्री त्यसपछि भजनकिर्तन गरेर तीर्थ व्रत जाने केशवले चलाउने यो तपाईंको योग्यता क्षमताभन्दा तीन हात माथिको पद हो अहिलेलाई चलाउने चाहिँ केशवले नै हो ।

उसलाई वरिष्ठता दिनु भने । त्यो अन्तिम निर्णय थियो त्यसपछि बोल्ने ठाउँ नै थिएन । उहाँ त्यसै दिनदेखि नकारात्मक हुनुभयो, एक डेढवर्षे कुराले । दोस्रो कुरा राजधानीको विषय थियो । नेतृत्वले भनेको पूरा गर्ने हो भने एक वर्ष हुनलाग्यो अब धरापमा पर्छु भन्ने उहाँलाई डर भयो ।

राजधानीका विषयमा उहाँ हेटौँडाबाहिर जानै नचाहेको कारण के हो ?
–यो विषयमा उहाँका हिजोआज अभिव्यक्ति आएका छन् राजधानी सा¥यो भने उपत्यकालाई नाकाबन्दी गर्ने घेराबन्दी गर्ने जे पनि हुनसक्छ जस्ता कुरा । मुख्यमन्त्री जस्तो मान्छेले त्यसरी सांसद तर्साउन हुन्छ ? प्रदेशको राजधानी कहाँ बनाउने भन्ने निर्णय प्रदेशसभाले गर्ने हो । कुनै व्यक्तिले गर्ने होइन । प्रदेश सार्यो भने राजीनामा गर्छु सम्मको कुरा गर्नुभयो । साच्चै स¥यो भने के गरुँला भन्ने परेको हुनसक्छ ।

तपाईंको भनाइमा मुख्यमन्त्री कमवानपुरमा मात्रै केन्द्रित हुन खोजेका हुन् ?
–मकवानपुर होइन, उहाँ हेटौँडा केन्द्रित भएको हो । उहाँले राम्रोसँग मकवानपुर पनि चिनेको छैन । नगरपालिका वरपर मात्रै हो उहाँले चिनेको । उहाँमा संकीर्णता छ । आफू पनि काम गर्न नसक्ने अरूले पनि गरेको देख्न नसक्ने । उनलाई जसरी पनि मलाई हटाउनुपर्छ भन्ने थियो ।

त्यसैले मी टू सम्मका कुरा उठाइयो । त्यो कुरा उठाउन गरिएको बैठकमा सुरापान सहितको योजना हो मी टू । यसमा अरू पनि पात्रहरू छन् मैले बुझेको छु । उहाँले बैठकमा जबजस्ती बोलाएर मलाई उकास्ने काम गर्नुभयो । मुख्यमन्त्री जस्तो मान्छेले क्याबिनेटमा मलाई हात हाल्न आयो भागेर जोगिएँ भन्न हुन्छ ? त्यहाँ त त्यो अवस्था आएकै थिएन । एउटै पार्टीको एकैदिन मन्त्री भएको मान्छेविरुद्ध ब्यान्डबाजा बजाउँदै हिड्नुहुन्छ ? मलाई बर्खास्त गरेपछि न संसदीयदलको बैठक बसेको छ न प्रदेशसभाको पार्टीको बैठक बस्न नपर्ने सञ्चारमाध्यमा फलाक्दै हिँडन हुन्छ ?

प्रदेश सरकार बन्नुपूर्व सरकारको नेतृव कसले गर्ने भन्ने विषयमा सबैका आ–आफ्नाे दाबी थिए । मैले पनि मुख्यमन्त्रीको दाबी गरेको हुँ । पार्टीको मुख्य नेतृत्व सहितको एउटा बैठकमा केही साथीहरूले दाबी गरे । मैले पनि गरेँ । डोरमणिजीले सबैको साथ पाए म गर्छु भन्नुभयो । एक दिन अघिसम्म उहाँको दाबी थिएन

उहाँले पार्टीलाई जानकारी गराएर बर्खास्त गरेको रे हो ?
–उहाँले पार्टी नेतृत्वलाई म मुख्यमन्त्री भएकाले उहाँलाई हटाउन लागेँ समर्थन चाहियो । अब कि उहाँ रहने कि म रहने अवस्था छ भन्नुभएछ । नेतृत्वले ‘जानकारी भयो’ भन्ने जवाफ दिएछन् । यति मात्रै हो । उहाँका बारेमा कैयौँ विषय जोडिएका छन् । हाम्रो जस्तो मुलुक विदेशीसँग सुमधुर र पारदर्शी सम्बन्ध बनाउनुपर्ने हो ।

तर, मुख्यमन्त्री भएको मान्छे कुनै विदेशी संस्थाको एजेन्ट रहेछन् । म त्यहाँ गएपछि थाहा पाएँ सबैले भन्न थाले तपाईंहरूलाई एसिया फाउन्डेसनले चलाएको छ भनेर व्यंग्य । गरे मलाई त थाहा पनि थिएन । त्यो भनेको निश्चित फाउन्डिङ भएको आफ्नो स्वार्थमा अरूलाई प्रयोग गर्ने संस्था रहेछ । भारतबाट लखेटिएको संस्था रहेछ त्यो । त्यो संस्थासँग कुरा गर्नुअघि मन्त्रिपरिषद्मा छलफल हुनुपथ्र्यो ।

त्यसको लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने त्यो पनि गरिएको छैन । यो काम गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने थियो त्यो पनि छैन । प्रदेशको सांसदले त्यसबारेमा जानकारी पाउनुपर्छ । यो विषयमा लिखित रूपमा उहाँलाई २० पटक सुझाव दिए यसो गर्नुहुँदैन भनेर । तर, उहाँ यसले फाइदा हुन्छ मात्रै भनिरहने । फाइदा भएकाले होला केही समयपछि घर र रंगरोगन हँुदै सुरक्षकर्मी सम्मका कुरा आए । फोटा छापिए सञ्चार माध्यममा ।

यो पनि विषय हो की उहाँले तपाईंलाई बर्खास्ती गर्नुमा ?
–त्यसमा उहाँ मात्रै होइन अरू पनि छ मैले सबै कुरा बुझेको छु । यो निर्णयमा एजेन्सीहरूको पनि हात छ । तर, हामीले छाला खुइल्याउनका लागि राजनीति गरेको होइन । यस्ता एजेन्सी आइरहन्छन् । त्यसका पात्रहरू पनि चिनेको छु । कहाँ–कहाँ को–को बसेर के के सहमति गरिएको छ ।

त्यसको जानकारी मैले पनि पाउने गरेको छु । यस्ता कुरामा मात्रै पछि लाग्नु हुँदैन । यसरी एजेन्सीको पछि लाग्न मुख्यमन्त्रीको पदका लागि सुहाउने विषय नै होइन । विदेशी संस्थाले बनाइदिएको शयन कक्षदेखि अतिरिक्त आवास सुविधा लिएको कुरा बाहिर आएपछि नैतिकताका आधारमा उहाँले राजीनामा दिनुपर्ने थियो ।

माथिदेखिको शृंखला जोडिएपछि उहाँलाई असह्य भएको हो । कतिसम्म भनिएको छ भने सल्यान्टारमा गएर यो गर्छु भन्ने ? मैले त जनताको विकासका कुरा गरेँ जनताको जग्गाको भाउ बढ्यो उनीहरू धनी भए भने दोरमणिको अर्को मणी थपिन्छ उनकै प्रशंसा हुन्छ भने ।

उहाँ म कतै पनि गएको देख्नै नसक्ने भयो । मैले आफ्नो मन्त्रालयको मातहतमा नियमसँगत काम गरूँ भने योजना ल्याए । उहाँ योजना बनाउन पनि नसक्ने अरूले बनाएको पनि मन नपराउने । मैले उहाँकै जिल्लामा थनकोटबाट चित्लाङ जानेबाटो केन्द्रले बनाउँछ भनेर आउनुभएछ । त्यसो भए प्रदेश सरकार किन चाहियो ? फाकेलको बाटो र सतुंगलबाट जाने छोटा बाटोहरू पत्ता लगाएर योजना बनाएँ उहाँ किन गएको भन्दै उफ्रने । मेरो मात्रै होइन, अरूको पनि क्रियाशीलत चेतना देख्न नै नसक्ने स्वभावका हुनुहुन्थ्यो ।

मुख्यमन्त्री बनाउन सक्रिय भएर लाग्नुभयो तर, उहाँले त तपाईंलाई नै बर्खास्त गर्नुभयो पछुतो लागेको त छैन ?
–राजनीतिमा सबै कुरा स्थायी हुँदैन । यो बौद्धिकताले गर्ने काम हो । मेरो क्रियाशीलता बजेटको किताब हेरेर देखिन्छ । काभ्रे, र सिन्धुपाल्चोकको केही भाग, नालातिर भक्तपुरको केही भाग र ललितपुरको गोदावरी तिरको केही भाग लिएर १३ लाख रोपनी जग्गा छ । त्यहाँ सुनकोसीबाट बग्ने पानी ल्याएपछि दिनको १६ करोड लिटर पानी जम्मा गर्न सकिन्छ ।

हामी पूर्वाधार सहितको राजधानी बनाउन गएका हौँ । हेटौँडालाई राजधानी राख्न गएका होइनौँ । प्रदेशको राजधानीलाई विश्वका केन्द्र बनाउने हो । जिल्लाका केही ठाउँलाई स्वर्ग भनेँ । बनाउन सकिने भएर नै कुरा गरेको हुँ । तर, उहाँ हेटौँडा बाहेकको कुरै गर्नुहुन्न । सपना बाँडेर हिँड्ने भनेर हेटौँडा बस्नुहुन्छ । मैले यो बीचमा प्रदेशका धेरै ठाउँमा जनताका जीवनस्तर उकास्ने त्यो ठाउँ यसरी बनाए स्वर्ग हुन्छ भनेँ । स्वर्ग भन्दै हिँड्ने भने, एक दिन ठट्टा गरेर भनेँ तपाईं उमेर पनि भयो बैकुण्ठ जानु पाउनुहोला भनेँ । यी सबै कुराका पछि उहाँसँगै अरू एजेन्सीको पनि खेल छ ।

एजेन्सीले खेलेर के फाइदा हुनसक्छ ?
–मान्छेले आफ्नो ठाउँको विकास गर्ने जनताको जीवनस्तर उकास्ने र समाजवाद उन्मुख समाज बनाउने भनेपछि त्यस्ता एजेन्सीहरूको चलखेल कम हुनसक्छ उनीहरूका स्वार्थ पूरा नहुन सक्छन् । उनीहरूको स्वार्थमा मान्छे प्रभाव नपर्नसक्छ । त्यसैले उनीहरूले आफ्ना एजेन्ट टिकाइराख्न खेल खेले होलान् । त्यसमा उहाँ प्रभावित भएको हो ।

मुख्यमन्त्री एजेन्सीको औजार बन्नुभयो, एजेन्सीको स्वार्थ मलाई मात्रै प्रहार गर्ने होइन त्यो अन्त पनि प्रहार भएको छ । मुख्य कुरा भनेको उहाँलाई अब म सकिँदै छु भन्ने कुराले बढी त्रसित बनाएको हो । त्यसमा त्यस्ता एजेन्सीहरूले उहाँलाई प्रभाव पारेको हो । उहाँले गरेको काम अख्तियारमा पर्न सक्छ । उहाँले बर्खास्त गरेपछि पनि मेरो चरित्र हत्या गर्ने काम गर्नुभयो ।

अनिमितता गर्यो भन्नुभयो । मैले लिखित रूपमा दिनु के अनियमितता गरँे भनेँ । नियमित कार्यालयमा बसेन भनेर हास्यास्पद जवाफ दिए सचिवालयमा बस्नेले । उहाँको मसँग आँखा जुधाएर कुरा गर्ने आँट छैन । म त उहाँलाई पाँच वर्षसम्म काँधमा बोक्न त तयार छु । निदाउँदासम्म बोक्छु तर, काँधमा नै सु सु गर्न थाल्नुभए नि । त्यस्तो अवस्थामा बोक्न सकिँदैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय