अर्थबजार

कञ्चनपुर क्षेत्र २ को योजना छनोट

सौर्य अनलाइन २०७५ मंसिर ५ गते १२:३७ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् ।

तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ ।

जसअन्तर्गत सांसद नरबहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा छ र वेदकोट नगरपालिकामा पाँच योजना छनोट गरिएको बताए ।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं १२ मा कल्भर्ट निर्माणका लागि रु १५ लाख, वड नं ३ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वडा नं २ मा कल्र्भट निर्माणका लागि रु ३० लाख, वड नं ८ मा सडक निर्माणका लागि रु १० लाख वडा नं ७ मा धर्म जनता माविको भौतिक संरचना निर्माणका लागि रु २० लाख बजेटका योजना छनोट गरिएका छन् ।

सोही नगरपालिका–५ मा तटबन्ध निर्माणका लागि रु २० लाख, वड नं ८ मा रहेको सिद्धनाथ मावि बेल्डाँडीको भौतिक संरचना निर्माणका लागि रु १० लाख र वडा नं रु १० को मुक्तकमैया बस्तीमा रहेको त्रिपुरासुन्दरी मन्दिरको मर्मत सम्भारका लागि रु १० बजेटका योजना छनोट गरिएका छन् ।

यसैगरी, कृष्णपुर नगरपालिका वडा नं १ मा तटबन्ध निर्माणका लागि रु ३० लाख, वड नं ४ मा सडक निर्माणका लागि रु १० लाख, वडा नं ७ को कुत्ता खोलामा कल्र्भट निर्माणका लागि रु ५० लाख, वडा नं २ मा सडक निर्माण र वडा नं ४ मा मुक्तकमैया सिविर सञ्चालनका लागि रु १०÷१० लाख रकमका योजना छनोट गरिएका छन् ।

कृष्णपुर वडा नं २ मा सामुदायिक भवन निर्माणका लागि रु ३० लाख, बेदकोट नगरपालिका वडा नं ५ मा विद्यालयको भौतिक संरचना निर्माणका लागि रु १५ लाख, वडा नं ४ मा सडक कालोपत्रेका लागि रु ३० लाख, वडा नं ३ मा तटबन्ध निर्माणका गर्न रु १० लाख, वडा नं २ को बैजनाथ मावि जडेपानीको भवन निर्माणका लागि रु ५० लाख र वडा नं ४ को बगुन सामुदायिक भवन निर्माणका लागि रु १० लाख रकमका योजना छनोट गरिएका छन् ।

खानेपानीमन्त्री बीना मगर निर्वाचित क्षेत्र नम्बर १ मा सोही कार्यक्रमअन्तर्गत चार वटा स्थानीय तहलाई रु एक÷एक करोड बजेट उपलब्ध गराई योजना छनोट गरेका छन् ।

जिल्ला समयन्य समितिका शाखा अधिकृत महेशबहादुर बमले सम्बन्धित स्थानीय निकायसँगैको सहकार्यमा योजना कार्यान्वयन गरिने बताए । उनका अनुसार योजना कार्यान्वयका लागि स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय