विश्व

हेजबुल्लाहको सुरुङ नष्ट गर्न अमेरिकीे सहयोग

एजेन्सी २०७५ मंसिर २० गते ८:४२ मा प्रकाशित

वासिंगटन । इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरुङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिंगटनले मंगलबार बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने, ‘अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिनेछ ।’

अमेरिकाले इरान र यस क्षेत्रमा रहेका उसका सहयोगीहरूलाई मध्यपूर्वलाई तनावमा नलाग्न आग्रह गर्दै बोल्टनले अमेरिका इजरायलको पक्षमा जस्तोसुकै सहयोग गर्न तयार रहने बताए ।

बोल्टनले थपे, ‘अझ व्यापकरूपमा भन्दा हामीले इरान र यसका सहयोगीलाई मध्यपूर्वलाई उत्तेजित नबनाउन र इरान सिर्जित हिंसा रोक्न वासिंगटन आग्रह गर्दछ । इरानी गतिविधिले इजरायली सुरक्षामा खतरा उत्पन्न गरेको र यो अमेरिकाका लागि कदापि स्वीकार्य हुने छैन ।’

वर्तमान ट्रम्प प्रशासनले इरानद्वारा मध्यपूर्वमा सुरक्षा बढाएको निष्कर्षका साथ इरानसँग भएको आणविक सम्झौताबाट फिर्ता हुने र तेहरानलाई हिंसात्मक गतिविधि सञ्चालन गर्नबाट रोक्न भन्दै इरानविरुद्ध कठोर आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी नाकाबन्दीका कारण इरानी मुद्रा व्यापक रूपमा गिरावट आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय